प्रतिनिधिसभा विघटनको विपक्षमा ‘एमिकस क्युरी’को राय

बाह्रखरी

काठमाडौं

अदालतको सहयोगी (एमिकस क्युरी) प्रतिनिधिसभा विघटनको विपक्षमा देखिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको मुद्दामा एमिकस क्युरीकातर्फबाट राय राख्ने क्रम जारी छ ।

एमिकस क्युरीकातर्फबाट पाँचमध्ये चारजनाले राय राखिसकेका छन् । जसमा तीनजनाले विघटनको विपक्षमा राय राखेका छन् । एमिकस क्युरीमा रहेका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र पूर्णमान शाक्यले पुस ५ गते गरिएको प्रतिनिधिसभा विघटन संविधानसममत नभएको राय राखेका छन् ।

प्रकाशित मिति: : 2021-02-19 05:49:00

प्रतिकृया दिनुहोस्