बिएल संवाददाता
लेग स्पिनर क्रिकेटर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको अक्सनमा ‘अनसोल्ड’ भएका छन्।
चेन्नईमा जारी अक्सनमा ग्लोबल आइकन सन्दीपलाई पहिलो राउन्डमा कुनैपनि टिमले बोलि लगाएनन्।
अक्सनमा सन्दीपको न्युनतम मूल्य ४० लाख भारु तोकिएको थियो। सन्दीपले यसअघि तीन सिजन दिल्ली क्यापिटल्सबाट खेलेका थिए।
सन्दीपले दिल्लीबाट तीन सिजनमा कुल ९ खेलमा १३ विकेट लिएका थिए। तर, गत सिजन दिल्ली फाइनलमा पुग्दा सन्दीपले एक खेल पनि खेल्न पाएका थिएनन्। दिल्लीमा रविचन्द्रन आश्विन, अमित मिश्रा र अक्षर पटेल जस्ता अनुभवी स्पिनर हुँदा सन्दीपले मौका नपाएका हुन्। दिल्लीले उनलाई यो पटक रिलिज गरेको थियो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया