चिकित्सकको परामर्श शुल्क वृद्धिप्रति स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल चिकित्सक संघ र एफिनद्वारा एकलौटी रुपमा चिकित्सकहरुको परामर्श शुल्क वृद्धि गरिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आपत्ति जनाएको छ। 

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बिहीबार (आज) विज्ञप्ति जारी गर्दै नेपाल चिकित्सक संघद्वारा मन्त्रालयमा प्रेषित परामर्श शुल्कसम्बन्धी पत्रबारे मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको स्पष्ट पारेका हुन्। 

‘यसअघि मन्त्रालयबाट गठित परामर्श शुल्क सिफारिस समितिले सिफारिस गरेको शुल्क परिमार्जनलाई मन्त्रालयले निर्णय नगरिसकेको अवस्थामा र मन्त्रालयसँग थप कुनै पनि परामर्श नगरी शुल्क वृद्धि गर्ने अवस्था रहँदैन,’ डा.गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आवश्यक थप गृहकार्य र मन्त्रालयसँग परामर्श गरीमात्र यस किसिमको निर्णय उचित हुन्छ।’ 

प्रकाशित मिति: : 2021-02-18 16:17:00

प्रतिकृया दिनुहोस्