चोटले हराएका रविन

नेपाल लाइभ

काठमाडाै‌ं

सराेज तामाङ

एक समय नेपाली फुटबलमा उचाइ लिइसकेको नाम हो, रविन श्रेष्ठ। चोटका कारण मैदानबाट बाहिर रहेका उनले फर्कने पर्खाइमा नै लामो समय बिताइसके। उनको आखाँअघि अहिले पोखरामा अभ्यास गरिरहेको राष्ट्रिय टिमको झझल्को छ। त्यसभन्दा बढी टिमका साथीहरुको। तर, चोटले उनलाई यसरी फुर्सदिलो बनाइदियो, रोकिएको प्रहरी सहायक निरीक्षकको तालिम पूरा गरे, काठमाडौंमा घर बनाउन भ्याए।

सानो कदका रविन विपक्षी टोलीका स्ट्राइकरलाई मुस्किल पार्ने खेलाडी हुन्। उमेर समूहदेखि राष्ट्रिय टिमसम्म उत्कृष्ट प्रदर्शन गरेका उनको नाम पछिल्लो समय हराइरहेको छ। उत्कृष्ट प्रदर्शन गर्दागर्दै चोटको शिकार बनेका रविन करिब चार वर्ष जति नै राष्ट्रिय टिम बाहिर छन्। २०७३ को चैतमा एशियन कप छनोटको दोस्रो चरणमा फिलिपिन्सविरुद्ध खेल्दै गर्दा उनले चोट बोकेका थिए।

खेलको अन्त्यतिर ‘एयर बल’ लाई नियन्त्रण गर्ने क्रममा दाहिने खुट्टामा गम्भीर चोट लागेको थियो। तत्काल उनलाई निकाल्दै उनको स्थानमा विराज महर्जनलाई मैदानमा प्रवेश गराइएको थियो। त्यो दुर्घटना नै रविनका लागि करियरकै दुःखद बन्यो। जसपछि पुरानै लयमा फर्किन उनी अझै पनि ठूलो संघर्ष गरिरहेका छन्।

प्रकाशित मिति: : 2021-02-18 12:07:00

प्रतिकृया दिनुहोस्