जो बिहान कलेज पढाउँछन्, दिउँसो बाख्रा हेर्छन्

नारायण खड्का

दिउँसो चकमन्न घाम लागेको छ।  एक दर्जन जति पाठापाठी आँगनमा बुकुर्सी मार्दै खेलिरहेका छन्। उनीहरूको बुकुर्सीमा २३ वर्षीय दिपेन्द्र वलीको खुसी नाचिरहेको छ।

अविवाहित दिपेन्द्र ती पाठापाठीलाई आफ्नै सन्तान जसरी सुमसुम्याउँछन्। 

बाँकेको सिक्टास्थित एउटा बाख्रा फर्मले  २४ लाखका बाख्रा अर्डर गरिसकेको छ। केही दिनअघि मात्रै जन्मिएका बोयर जातका यी पाठापाठी  हुर्किएपछि दिपेन्द्रले त्यहीँ पठाउने छन्।    

दिपेन्द्रका अनुसार अझैं ६० वटा जति बाख्रा गाभिना छन्। 

उनको खोरमा अहिले माउ, पाठापाठी र दुइटा बोकासहित एक सय दस बाख्रा छन्। ब्याडका लागि अष्ट्रेलियन र अफ्रिकन बोयर जातका बोकाहरू पालेका छन्।

ती बोकामध्ये अफ्रिकन ब्रिडलाई तीन लाख १५ हजार र अष्ट्रेलियनलाई तीन लाख ३० हजारमा किनेर ल्याएको दिपेन्द्रले जानकारी दिए। माउ बाख्रा ९० वटा छन्। ती मध्य अधिकांश गाभिना छन्।

‘१५ वटा जति बाख्राले पाठापाठी जन्माइसके,’ दिपेन्द्रले भने, ‘अझै ६० वटा जति  बाख्रा ब्याउने छन्।’

हामी फर्ममा पुग्दा ठूलो डेक्चीमा कुँडो पाकिरहेको थियो। बिहान, दिउँसो र बेलुका गरि तीन टाइम दाना पकाएर खुवाउने गरिएको दिपेन्द्रले बताए।

प्रकाशित मिति: : 2021-02-18 11:57:00

प्रतिकृया दिनुहोस्