बिएल संवाददाता
सुनको भाउ ८ महिनापछि ९० हजारभन्दा तल आइपुगेको छ। २०७७ असार महिनाको सुरूवातमा ८० हजारको हाराहारीमा कारोबार भएको सुन त्यसयता ९० हजार आसपासमा कारोबार भइरहेको थियो।
असार ५ गते सुन प्रतितोला ८९ हजार ४६० रूपैयाँमा किनबेच भएको थियो। त्यसपछि भने पहिलो पटक फागुन ५ गते सुन प्रतितोला ९० हजार भन्दा मुनि रहेको हो।
सुनचाँदी व्यवसायीका अनुसार कारोबार मन्द हुँदा र अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउ घटिरहेकाले नेपाली बजारमा पनि यसको प्रभाव परेको हो।
मंगलबार वृद्धि भएको सुनचाँदीको मूल्यमा बुधबार गिरावट भएको छ। फागुन ५ गते, बुधबार सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले ओरालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ। सुन तोलामा मंगलबार २०० रुपैयाँले वृद्धि भएर प्रतितोला ९० हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
बुधबार सुनसँगै चाँदीको भाउ पनि घटेको छ। यस दिन चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार ३४० रुपैयाँमा किनबेच हुँदैछ। अघिल्लो कारोबार दिन चाँदी २० रुपैयाँले बढेर प्रतितोला एक हजार ३६० रुपैयाँ पुगेको थियो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया