यदु गौतम प्रतिष्ठानले यस वर्षको ‘यदु स्मृति पत्रकारिता पुरस्कार’ जाजरकोटका पत्रकार वीरबहादुर गिरीलाई प्रदान गर्ने भएको छ।
पुरस्कार छनोट समितिका संयोजक सूर्य थापाको संयोजकत्वमा आज बसेको बैठकले उनलाई पुरस्कार दिने निणर्य गरेको समितिका सदस्य सचिव रुद्र खड्काले जानकारी दिए।
मानवअधिकार, शान्ति स्थापना र दण्डहीनताका पक्षमा कलम चलाउने एक जना पत्रकारलाई हरेक वर्ष पुरस्कारको राशी रु १५ हजार सहित प्रमाणपत्र दिइने गरेको छ। गत वर्ष पत्रकार मनिषा केसीलाई सो पुरस्कार प्रदान गरिएको थियो।