बिएल संवाददाता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
काठमाडौंको बबरमहलस्थित आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायव सुब्बा (नासु) नरेन्द्र चन्दसहित लेखापढी व्यवसायी रामबाबु दाहाललार्ई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो।
शेयर पुँजी बढाएको प्रमाण पत्रका लागि सेवाग्राहीसँग ८ हजार रुपैयाँ घुस लिएको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए।
दाहालले सेवाग्राहीसँग ८ हजार रुपैयाँ घुस लिएर नासु चन्दलाई दिइसकेको अवस्थामा आयोगको टोलीले विभाग परिसरबाट दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया