नयाँ पार्टी गठनको तयारीमा त्रिपाठी, ओली समूहमा पस्न लागेका जसपाका नेता रोकिए

नेपाल खबर

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषदका एक सदस्यले नयाँ पार्टी गठनको तयारी थालेका छन्। स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी नयाँ पार्टी गठनको तयारीमा लागेका हुन्।

प्रधानमन्त्री ओलीले जसपाका नेताहरुलाई आफ्नो पार्टीमा प्रवेश गराइरहेका छन्। यहीबेला तराईमा राम्रो जनमत रहेका त्रिपाठीको नेतृत्वमा नयाँ पार्टी गठनको गृहकार्य भइरहेको हो।

संघीय निर्वाचन २०७४ मा सूर्य चिन्ह लिएर स्वतन्त्र रुपमा चुनाव लडेका त्रिपाठीले यसका लागि विभिन्न पार्टीका नेताहरुसँग छलफल गरिरहेका छन्।

त्यसैमध्येका एक हुन् सूर्य चुनाव चिन्ह लिएर स्वतन्त्रबाट चुनाव लडेका बृजेशकुमार गुप्ता। 

गुप्ताले नयाँ पार्टीको विषयमा छलफल भइरहेको तर टुंगो लागिनसकेको नेपालखबरलाई जानकारी दिए।

‘आवश्यक पर्‍यो भने पार्टी बनाउन सकिन्छ,’ गुप्ताले नेपाखबरसँग भने, ‘संसदीय राजनीतिमा एउटा पार्टी त चाहियो। नेपालमा कांग्रेस, एमाले, जसपा, राप्रपा कुनैपनि दल राम्रो नभएकोले नयाँ पार्टी बनाउनेगरी छलफल भइरहेको छ।’

प्रकाशित मिति: : 2021-02-14 19:28:00

प्रतिकृया दिनुहोस्