दुई शब्दले बनेको प्रेम शब्दको उच्चारण नै आफैँमा सुन्दर छ। प्रेम जसले सुन्छ, पढ्छ, बुझ्छ ऊ भित्रभित्रै आफैँ मुस्कुराउँछ प्रेमको अनुभूति आभाष गर्छ। प्रेम भित्री मनबाट प्रस्फुटित हुन्छ अनि हृदयमै पुगेर टुंगिन्छ। एउटा अथाह भाव जसले जीवन डाेर्याउँछ । प्रेरणा, साहस र हौसला प्रदान गर्दछ– प्रेम।
माया प्रेम दुई विपरीत लिङ्गबीचको मात्र होइन, वास्तवमा प्रेम त परिवारसँग हुन्छ . साथीहरुसँग हुन्छ, आफ्नो राष्ट्रसँग हुन्छ। आफ्ना प्रियजनहरुसँग पनि त हुन्छ। त्यसैले त प्रेमले मानिसलाई एक किसिमको बाच्ने उर्जा दिन्छ।
वास्तवमा भन्ने हाे भने प्रेमलाई विभिन्न व्यक्तिहरुले विभिन्न परिभाषामा अर्थ लगाए पनि प्रेम यस्तो पवित्र चीज हो जसले जसलाई र जुन उमेरसँग पनि प्रेम गर्न सकिन्छ तर त्यसमा प्राप्ति भन्दा आत्मियता, हार्दिकता सम्झौता र नि:स्वार्थ हुनुपर्दछ यही पनले मायालाई बचाइराखेको हुन्छ। त्यसैले त प्रेम दीर्घकालीन र मीठासपूर्ण हुन्छ। भविष्यमा सम्झनयोग्य हुन्छ।
प्रणय दिवस अर्थात प्रेम दिवस विश्वमा हरेक वर्ष फ्रेबअरी १४ तारिखका दिन साताव्यापी रुपमा मनाइन्छ । सत्ताह प्रेममा रहेका जोडीहरुका लागि यो निकै प्रतिक्षित साता हो। प्रेम गर्नेहरुका लागि वर्षभरि नै विशेष दिन भए पनि यो एक साता अझ फ्रेब्रअरी १४ अर्थात भ्यालेन्टाइन डे अझ विशेष मानिन्छ। प्रणय दिवस भनेर चिनिने यो दिन माया प्रेम, सद्भाव साटासाटा गर्ने दिनको रुपमा परिचित मानिन्छ र मानिदै आएको छ।
अरु दिन खासै चहलपहल नहुने भए पनि यो दिन हातमा रातो गुलावको फुल, मुहारमा मीठो मुस्कानसहित माया साटासाट गर्ने प्रेमिल जोडीहरुको जमात हुन्छ। एक अर्कोको सम्बधलाई प्रगाढ बनाउन हरेक मायालु जोडीहरु एक अर्कोमा उपहार साटा साट र रमाइलो गर्न मै व्यस्त देखिन्छन्।
आधुनिकता बढेसँगै 'रोज डे', 'प्रपोज डे', 'टेडी डे', 'प्रमिस डे', 'हग डे', 'किस डे' पछि आउने 'भ्यालेन्टाइन डे' को आकर्षण बढी देखिन्छ। प्रेम दिवस नजिक आएर गइसकेपश्चात् र एक्सेप्ट नभएपछि साथी साथीहरुबीच जमघट भयो भने चियाको चुस्की लाउँदै रोज डेमा रोज पनि दिए प्रपोज पनि गरे तर उनले स्वीकार गरेनन् गरिनन् भन्नेको पनि कमी हुँदैन।
विवाहित जोडीहरु खुलेआम यो दिन एक अर्कोमा प्रेम सद्भाव व्यक्त गरी मनाउँछन्। मिठा मिठा मीठाईका परिकार त्यस्तै गरी गिफ्ट आदान प्रदान गरी मनाउने गर्छन् भने अविवाहितहरुले पनि यो दिवस मायाको चिनो आदानप्रधान गरी मनाउँछन्।
यस दिन मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने, प्रेममा रहेकाले एक-अर्कामा प्रेमभाव साटासाट गर्ने, विभिन्न उपहार दिई मनाउने चलन छ। हरेकको मनमा प्रेमभाव अङ्कुराएको हुन्छ। मनले मन पराएको मान्छेलाई प्रेम प्रस्ताव राख्नु, एकले अर्कोलाई प्रेम गर्नु नराम्रो कदापि होइन।
प्रेम मनसँग जोडिएको, भावनासँग जोडिएको विषय हो। तर पछिल्लो समय प्रेम गर्ने नाममा, प्रेम दिवस मनाउने नाममा विभिन्न विकृति भित्रिएको देखिन्छ। प्रेम दिवस भन्दैमा बाटोमा हिँडेको जोकोहीलाई हातमा गुलाब थमाएर प्रेम हुन सक्दैन। प्रेम हुन मनसँग मन मिल्नु जरुरी छ। जिन्दगीको गति र दिशा पत्ता लगाउन सक्ने शक्ति हुन्छ सच्चा प्रेममा।
विगतमा मन पराएको मान्छेलाई चिट्ठीपत्रमार्फत आफ्नो मनको कुरा लेखी पठाउने चलन थियो। तर पछिल्लो समय प्रविधिको विकाससँगै मन पराएको मान्छेलाई क्षणभरमै मनको कुरा सुनाउन, भन्न सकिने अवस्था रहेको छ। एकअर्कामा प्रेम हुनु जरुरी छ। प्रेमबिना संसार चल्दैन।
सच्चाप्रेमीले सदैव भलो चाहन्छ। प्रेमले जीवन जिउन सजिलो बनाउँछ। यो निःश्वार्थी हुनुपर्छ। तर पछिल्लो समय भावनात्मक रूपमा भन्दा पनि विभिन्न श्वार्थ भावका साथ झूटो प्रेम फेक लभ गर्नेहरूको कमी छैन। यसो हुनु राम्रो होइन।
फ्रेबअरी १४ अर्थात प्रणय दिवस प्रेम प्रस्ताव राख्न चाहने युवालाई सही र भरपर्दो माध्यम बनेको छ प्रेम दिवस। प्रेम गर्नलाई कुनेै दिन हेरिदेैन र मतलव हुँदैन प्रेम गर्नेहरुका लागि हरेकदिन प्रेमिल नै बनेको हुन्छ आफ्नो प्रिय मान्छेको साथ नेै मुल्यवान उपहार हो कुनेै चिज दिएर या लिएर प्रेम गर्छु भनेर जनाउनु जरुरत पर्दैन्। बस केबल प्रेम आफैमा एउटा बहुमुल्य उपहार हो । सच्चा प्रेमको अगाडि दुनियाको हरेक चिज फिक्का हुन्छ र प्रेमको अगाडि सारा दुनिया झुक्छ।
प्रेम अक्सिजनजस्तै हो र यो एकदमै अनियंत्रित पनि हुन्छ। कसैलाई यति र उति मात्र गर्छु भन्दा पनि त हुँदैन प्रेम गर्नका लागि कुनै सिमितता छैन यो त एउटा बाच्ने आधारशिला हो। जीवनमा आफूलाई प्रेम गर्नेहरु र आफूले प्रेम गरिनेहरु भएन भने जिउनुमा कुनै सार्थकता हुँदैन्थ्यो होला। प्रेम दुई विपरित लिङ्घी बीचको मात्र होइन् वास्तवमा प्रेम त परिवारसँग हुन्छ। साथीहरुसँग हुन्छ, आफना प्रियजनहरुसँग पनि त हुन्छ। त्यसैले त प्रेमले मानिसलाई एक किसिमको बाच्ने साहस दिन्छ।
प्रणय दिवसका रुपमा रहेको यस दिन युवाले मन पर्ने प्रेमिका होस वा प्रेमीलाई वर्षौंसम्म म तिमीलाई मायाँ गर्छु भन्ने आट गर्न नसकेका प्रेम प्रस्ताव राख्ने गर्छन्। सोही कारण पनि यस दिन युवायुवतीको विशेष आकर्षणको दिन हुने गर्छ।
भ्यालेन्टाइन डे इस्वि संवत् २६९ बाट इटालीको रोमबाट सुरु भएको हो। तेस्रो शताब्दीका रोमन शासक सम्राट क्लाउडियस दोस्रोले देशवासीलाई सैन्य भर्तीमा सामेल हुन उर्दी जारी गरे। महिलासँगको सम्बन्धका कारण पुरुष कमजोर हुने ठानी सम्राटले प्रेम र विवाहमा रोक लगाए। रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको उक्त अभियानलाई विरोध गरेकाले धेरै सैनिकले विवाह गरे।
अभियान असफल भएपछि सम्राटले पादरीलाई पक्राउ गरी मुत्युदण्ड दिए। जेलमा छदा जेलरकी छोरी र भ्यालेन्टाइनबीच प्रेम बसेकाले मृत्युदण्ड अघि लभ फ्रम योर भ्यालेन्टाइन भनी हस्ताक्षरसहितको प्रेमपत्र भ्यालेन्टाइनले २६९ को फ्रेबअरी १४ तारिखका दिन मुत्युदण्ड दिएकाले यसै दिनलाई प्रणय दिवसका रुपमा मनाउने गरिएको छ। पछिल्लो समय यसरि नै प्रेम दिवस मनाउने प्रचलन बढि छ।
आखिर प्रेम दिवसलाई पछिल्लो समय आधुनिक युवापुस्ताले आधुनिकताको नाममा अनेकौ विकृति फैलाएका छन्। युवायुवतीमा एक प्रकारको विकराल रुप देखा पर्न थालेको छ। जर्बजस्ती माया प्रेम गर्नेको होड चलेको छ। बदला, झगडा गर्ने, कुलतमा लाग्ने मंहगा विलासीका सामाग्रीहरु आदानप्रदान होटलहरु जाने विभिन्न अनैतिक क्रियाकलापमा संलग्न हुने, क्षणिक आनन्दमा मोज मोस्ती गर्नेजस्ता विकृतिहरु देखिन्छन्। यसले गर्दा आधुनिकता संगै युवायुवतीले संस्कृति जर्गेना भन्दा पनि विसङगती भित्राएका छन्।
आखिर माया गर्नेहरुका लागि सधै प्रेम दिवस नै हुन्छ तर पनि यो पश्चिमी संस्कृति संगै भित्रिएको यो दिवसले कैयौ युवापुस्ताको जीवन नारकीय बनाएको छ। उनीहरुमा एक अर्कोमा देखासिकी को प्रवृत्ति बढेको पाइन्छ। पश्चिमी सभ्यताको यो चाडले विस्तारै हाम्रो देशमा पनि प्रवेश गरेसंगै आज हाम्रा मूल्य मान्यता, संंस्कार र परम्परा खण्डित भैरहेका छन्। आधुनिकता र देखावटीपनको चकचकी दिनहुँदिन बढ्दो छ। माया प्रर्दशन गर्नेहरुको होड नै चलेको छ। गर्लफ्रेन्ड र ब्याइफै्रन्ड बनाउने त फेसन नै भइसकेको छ। मायाँको नाममा स्वार्थपन बढ्दै गएको छ।
त्यसैले चाडपर्वको मौलिकतालाई ध्यानमा राख्दै यसलाई सही तरिकाले मनाउनुपर्छ प्रदर्शन र अश्लीलताबाट बचाउनुपर्छ। माया प्रर्दशन गरेर, घमण्ड गरेर र जर्वजस्ती गरेर पाइे चिज होइन। साथीको मन, व्यवहारबाट जित्नुपर्छ, विश्वासपूर्ण रुपमा आफनो भावना व्यक्त गर्नुपर्छ अरुको लहलहैमा लागेर होइन। सही तरिकाले मनाउनुपर्छ तब मात्र प्रेम दिवसको सार्थकता हुन्छ।
प्रेम त्यस्तो बनोस भोलिका समयमा जीवनलाई फर्केर नियाल्दा पश्चाताप होइन। खुसी र संन्तुष्टि फिजाउन पाइयोस् जहाँ एक मनले अर्को मनको कदर गरेको होस। पछिका दिनहरु सम्झे पनि मनमनै काउकुति लागोस र पुरानो पल सझिने बित्तिकै आँखामा खुशिका आशु झरुन तब मात्र प्रणय दिवस मनाउनुको सार्थकता हुन्छ।