रोहितद्धारा अजहररुद्धिनको कीर्तिमान भंग

photo : BCCI
photo : BCCI

भारतका प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले टेस्ट क्रिकेटमा घरमा सर्वाधिक सतक बनाउने पूर्व कप्तान मोहम्मद अजहररुद्धिनको कीर्तिमान भंग गरेका छन्। उनले इंग्ल्याण्डविरूद्ध दोस्रो टेस्टको शनिबार पहिलो दिनको खेलमा १ सय ६१ रन बनाए। भारतले पहिलो दिनको खेलमा ६ विकेटको क्षतिमा ३ सय रन बनाइसकेको छ। 

रोहितले टेस्टमा चौथो पल्ट १ सय ५० भन्दा बढी रन बनाएका हुन्। उनले यसअघि वेस्ट इन्डिजविरूद्ध सन् २०१३ मा १ सय ७७, दक्षिण अफ्रिकाविरूद्ध २०१९ मा दुई पल्ट १ सय ७६ र २ सय १२ रन बनाएका थिए। 

अजिंक्य रहाणेसँग मिलेर चौथो विकेटका लागि १ सय ६२ रनको साझेदारी गरेका रोहितले पूर्व कप्तान अजहरले आफ्नो घरमा बनाएको ६ सतकको कीर्तिमानलाई पछाडि छोडेका हुन्। उनले घरेलु मैदानमा सातौं सतक पुरा गरेका छन्। रोहित श्रीलंका, वेस्ट इन्डिज, दक्षिण अफ्रिका र इंग्ल्याण्डविरूद्ध क्रिकेटको तीन वटै फरम्याटमा सतक बनाउने पहिलो ब्याट्सम्यान हुन्।

प्रकाशित मिति: : 2021-02-14 07:59:00

प्रतिकृया दिनुहोस्