प्रचण्ड र भट्टराईसँग वार्तामा छन् ओलीसँग निराश बनेका यी मन्त्री

सागर न्यौपाने

काठमाडाै‌ं

माघ २८ गते काठमाडौंको भृकुटीमण्डपमा भएको विरोधसभामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली समूहतिर रहेका दर्जनौं नेताहरू आफ्नो समूहमा फर्किनका लागि वार्तामा रहेको र तीमध्ये दुई जना त मन्त्री नै रहेको खुलाए।

प्रचण्डको यो भनाइले भृकुटीमण्डपमा त धेरैको ताली पायो नै यसले प्रधानमन्त्री केपी शर्मा ओलीको टिममा पनि हलचल ल्याएको छ, जसले गर्दा बिहीबार उर्जामन्त्री टोपबहादुर रायमाझी विज्ञप्ती नै निकालेर स्पष्टिकरण दिन बाध्य भए।

हुन त मन्त्री रहेका पूर्वएमालेकै नेताहरू पनि ओली पक्षबाट प्रचण्ड–माधव नेपाल खेमातिर नसर्लान भन्न सकिन्न। अहिले त प्रचण्डले दाबी गरे झैं मत्री बनेका को को पूर्वमाओवादी नेता फर्किने तर्खरमा छन् भन्ने पनि स्पष्ट खुलिसकेको छैन। तर प्रधानमन्त्री ओलीको साथ लागेर मन्त्री बनेका पूर्वमाओवादी नेताहरुमा चरम निराशा पैदा भएको तिनका निकटस्थहरुले बताएका छन्।

मन्त्रालयका हरेक निर्णयमा प्रधानमन्त्रीले हस्तक्षेप गरेको तथा आफूले सिफारिस गरेका एक जनालाई पनि कतै नियुक्ति गराउन नसकेको भन्दै उनीहरु निराश भएका हुन्।

पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल खेमा छाडेर ओलीतिर लागेका गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्ट र उर्जामन्त्री टोपबहादुर रायमाझीले अहिले पछुतो मान्न थालेको उनीहरुसँग निरन्तर सम्पर्कमा रहेका नेताहरुले नेपालखबरलाई बताए।

खानेपानीमन्त्री मणि थापा, सहरी विकासमन्त्री प्रभु साह, युवा तथा खेलकुदमन्त्री दावा तामाङ, श्रममन्त्री गौरीशंकर चौधरी पनि पूर्व माओवादी हुन्।

प्रकाशित मिति: : 2021-02-12 06:39:00

प्रतिकृया दिनुहोस्