देउरबाना गाउँमा दलित अधिकारको लागि दबाब समूह गठन 

Photo - Hedwighouse.org
Photo - Hedwighouse.org

पिसफोर दलितस फाउन्डेसन नेपाल , प्रदेश -२ को आयोजनामा दलित अधिकारको लागि दलित दबाब समूह गठन गरिएको छ।  

जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा-४, देउरबाना गाउँमा दलित समुदायको भेला गरी दलित अधिकारको लागि दलित दबाब समूह गठन गरिएको छ। यो पर्सा जिल्ला भरी समूह गठन गर्ने योजना रहेको छ।

दलित समुदायको समस्या, दलित समुदायको अधिकारको लागि संघर्ष गर्न आवश्यक देखिएको छ। गाउँपालिकाबाट दलित समुदायले अहिलेसम्म सेवा सुबिधा नपाएको दलित समुदायको गुनासो रहेको छ।

नेपाल सरकारले दिएको सेवा सुबिधा, आफूहरु अधिकार गाउँपालिकाले दबाएर, लुकाएर राखेको दलित अगुवाले बताउँछन्। ‘दलित समुदायलाई अहिलेसम्म अछुत बनाएर गाउँको गैरदलितले राखेका छ्न्। हामी आवाज विहीनको आवाज बन्नु पर्छ’, एक दलित अगुवा भन्छन्, ‘हामी अब चुपचापले हुदैनन्। हाम्रो पुर्खाले पनि दमन अत्याचार , शोषण र गुलामी सहेका छन तर हामीले अब हामिले प्रतिकार गर्छौं। विरुद्धमा आन्दोलन गर्ने छौँ।’

दलित समुदायमाथि भइरहेको हिंसा, हत्या, विभेदकोविरुद्ध आवाज उठाउन दलित दबाब समुह गठन गरिएको बताउँछन्। ‘दलितमाथिको जातीय विभेद, छुवाछूत, सामाजिक विभेद, अन्याय, अत्याचार, दमन शोषण असमानता कायम नै रहेको छ। गैरदलितले अहिलेसम्म दलितलाई मानव मानेका छैन’, उनीहरु बताउँछन्। 

गाउँपालिका र वडाले अहिलेसम्म दलित समुदायको लागि खासै केही गरेको उनीहरुको गुनासो छ। गाउँपालिकाको बजेट, निति तथा कार्यक्रममा दलित सवाल, अधिकारलाई समाबेश गरिएको छैन। 

सखुवाप्रसौनीको सबै वडाको दलित जनतासंग गैस सिलिन्डर वितरणको लागि ७००, ८०० रुपैयाँ लिएर अहिलेसम्म गैस सिलिन्डर वितरण नगरिएको भन्दै दलित समुदाय आक्रोशित भएका छन्। 

दलित दबाब समुहको संयोजक नागेन्द्र पासवान, स-संयोजक हाकिम मुसहर 

गठन गरिएको दलित दबाब समुहको संयोजक नागेन्द्र पासवानको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ। स-संयोजकमा हाकिम मुसहर, सदस्य युवराज मुसहर, जग मुसहर , ब्रह्मदेव मुसहर , रामजी पासवान , ठग पासवान , सरस्वती देवी मुसहर , सुखली देवी मुसहर , श्याम कुमार ,नागेन्द्र पासवान, सुनैना देवी, मुनि मुसहर रहेका छन्। 

दलितको सामाजिक न्याय तथा सामाजिक स्वतन्त्रताको लागि १०१ दलित युवा नेतृत्व अभियानको संयोजक सुरेन्द्र पासवान, पिसफोर दलितस फाउन्डेसन नेपालको अशोक राम, पिसफोर दलितस फाउन्डेसन नेपालको सदस्य परमान्द राम, दलित अगुवा लगायतको सहभागिता रहेको छ।

प्रकाशित मिति: : 2021-02-10 13:01:00

प्रतिकृया दिनुहोस्