बिएल संवाददाता
नेपाल विद्यार्थी संघ उर्लाबारी बुहुमुखी क्याम्पस इकाई समितिले १० बुदे क्याम्पस सुधारको माग गर्दै क्यापसलाई ज्ञापनपत्र बुझाएको छ।
नेपाल बिद्यार्थी संघ उर्लाबारी बहुमुखीका सभापति सुजित जैसवालको नेतृत्वमा क्याम्सप प्रमुख बोधराज भट्टराईलाई १० दिने अल्टिकेटम सहितमाग पत्र बुझाईएको हो।
कोरोनाका कारण लकडाउन भएको अवधिमा शैक्षिक कार्यक्रम बन्द भएको अवस्थामा माशिक शैक्षिक शुल्क र क्याम्पस बसको शुल्क अविलम्ब फिर्ता गरिनुपर्ने, डिजिटल प्रविधिको विद्यार्थी परिचय पत्र र पुस्तकालय परिचयपत्र अविलम्ब वितरण गरिनुपर्ने, क्याम्पसको चमेनागृह तत्काल संचालनमा ल्याउनुपर्ने ज्ञापन पत्रमा जनाइएको छ।
यस्तै पुस्तकालयमा एक विधार्थी एक सेट पुस्तक उपलब्ध गराउनुपर्ने, खेल खेलौ स्वास्थ्य रहौ भनि विभिन्न खेलकुद कार्यक्रम संचालन गर्नुपर्ने, क्यापसको प्रवेशद्वार गेट चाँडो भन्दा चाँडो बनाउनुपर्ने, ईन्टरनेट तथा अनलाइन लाइबेरि जोस्टरको व्यवस्था गरिनुपर्नेसमेत माग राखिएको छ।
यस्तै, शैक्षिक सरोकार तथा विद्यार्थीसंग प्रत्यक्ष जोडिने विभिन्न तालिमहरु संचालन गर्नुपर्ने, शुद्द खानेपानीको प्रवन्द्ध तथा वासरुम रशौचालय लाई व्यब्यस्थित गरिनुपर्ने, क्याम्पसको शैक्षिक भवनमा लेखिएको क्यापसको नेमप्लेट पुन रंगरोगन गरि तत्काल निर्माण गरिनुपर्ने समेत माग राखिएको र माग पुरा नभए आन्दोलित हुने जैसवालले बताए।
उनले भने, ज्ञापनपत्रमा १० दिने अल्टिमेटम दिएका छौ। क्याम्पस प्रसाशनले हाम्रो मागलाई सकारात्मक रुपमा लिएको छ।'
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया