बिएल संवाददाता
नेपाल उद्योग परिसङ्घका पदाधिकारीले आज मुख्यसचिव शङ्करदास वैरागीसँग भेट गरी औद्योगिक विस्तारबाट रोजगारी सिर्जना गर्ने विषयमा छलफल गरेका छन्।
छलफलमा परिसङ्घका अध्यक्ष सतिशकुमार मोरले विभिन्न क्षेत्रका उद्योगले नेपालको कूल ग्राहस्थ उत्पादनमा पु¥याएको योगदानलाई उजागर गर्दै उत्पादनमूलक उद्योगको क्षमता विकास र प्रतिस्पर्धी बनाइ स्वदेशमा नै रोजगारी सिर्जना गर्न नेपाल सरकारले सहज वातावरण तयार गर्नुपर्ने बताएका छन्।
अध्यक्ष मोरले नेपालको युवा शक्ति विदेशमा गएर रोजगारी गर्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्दै विदेशमा रहेका युवालाई पनि स्वदेशमा नै अवसर प्रदान गर्नको लागि दीर्घकालीन लक्ष्य तय गरी सरकार र निजी क्षेत्र एकैसाथ अगाडि बढ्नुपर्ने धारणा राखेका थिए।
परिसङ्घको अनुसन्धान एकाइले अध्ययन गरी तयार गरेको नेपालमा उद्योग दर्ताको स्थिति र त्यसबाट भएको रोजगारी सिर्जनाका सम्बन्धमा छलफल भएको थियो।
छलफलमा नेपालको अर्थतन्त्रलाई माथि उठाउनको लागि आयात प्रतिस्थापन गरी देशलाई आत्मनिर्भरतर्फ उन्मुख गराउन सरकार र निजी क्षेत्रको सहकार्यलाई जोड दिइएको थियो।
मुख्यसचिव वैरागीले नेपालमा कृषि क्षेत्रलाई प्रधानमन्त्रीले उच्च प्राथमिकतामा राखेको सन्दर्भ उल्लेख गर्दै कृषि क्षेत्रमा निजी क्षेत्रले रोजगारी सिर्जना गर्न सक्ने बताए।
हाल सरकारले कृषि क्षेत्रमा पनि वैदेशिक लगानीलाई खुला गरेकाले यसतर्फ निजी क्षेत्रको ध्यान जानुपर्ने विचार व्यक्त गरे। छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव तोयानारायण ज्ञवाली र परिसङ्घको तर्फबाट वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल र उपाध्यक्ष अनुज अग्रवालको उपस्थिति थियो। रासस
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया