कारोबार दैनिककी मनिषा सम्मानित

उद्योग वाणिज्य संघद्वारा स्थापना गरिएको आर्थिक पत्रकारिता पुरस्कारबाट कारोबार दैनिककी संम्वाददाता मनिषा चम्लागाईं सम्मानित भएकी छन्। 

मंगलबार संघको १७ औं वार्षिक साधारणसभाको उद्घाटन समारोहबीच उनी पुरस्कृत भएकी हुन्।

उनलाई उद्योग उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सम्मानपत्र हस्तान्तरण गरेका थिए। पुरस्कारको नगद राशी १५ हजार रुपैयाँ रहेको छ।

दोसल्ला पहिर्याएर उनलाई सम्मान पत्र प्रदान गरिएको छ। आर्थिक पत्रकारिताको माध्यमबाट पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको संघका अध्यक्ष ऋषिराज तिम्सिनाले बताए। 
 

प्रकाशित मिति: : 2021-02-09 21:09:00

प्रतिकृया दिनुहोस्