‘राम तेरी गंगा मैली’ का नायक राजीव कपुरको निधन

IANS

ऋषि कपुर र रणधीर कपुरका भाई राजीव कपुरको मंगलबार निधन भएको छ।

 उनी ५८ वर्षका थिए। राजीवलाई हद्यघात भएको थियो। चेम्बुरस्थित इनलाक्स अस्पतालमा उपचार गर्ने क्रममा उनको निधन भएको भारतीय अखबारहरूले जानकारी दिएका छन्। 

रणधीर कपुरले यसको पुष्टी गर्दै भनेका छन्, ‘मैले आफ्नो सानो भाई राजीवलाई गुमाएको छु। चिकित्सकले उनलाई बचाउन धेरै प्रयास गरेका थिए। तर, सफल भएनन्। म अस्पतालमा छु।’ 

अभिनेत्री नितु कपुरले पनि सोसल मिडियामा राजीवको फोटो शेयर गरेकी थिइन। उनले तस्वीरमा श्रद्धाञ्जली अर्पण पनि गरेकी छिन्। 

राजीव कपुरले १९८३ मा रिलिज भएको ‘एक जान हैं हम’ फिल्मबाट डेब्यु गरेका थिए। तर, उनी १९८५ मा रिलिज ‘राम तेरी गंगा मैली’ फिल्मबाट चर्चामा आएका थिए। 

उनले अक्षय खन्ना र ऐश्वर्या राय अभिनित फिल्म ‘आ अब लौट चलें’ फिल्म निर्माण गरेका थिए। 

उनले १९८६ मा रिलिज ऋषि कपुर र माधुरी दीक्षित अभिनित फिल्म ‘प्रेम गन्थ’ मा निर्देशन गरेका थिए। 

सात महिनाअघि उनको दाजु ऋषि कपुरको ७ महिनाअघि निधन भएको थियो। दुई वर्षदेखि क्यान्सरसँग लडिरहेका ऋषिको ३० अप्रिल २०२० मा ६७ वर्षको उमेरमा निधन भएको थियो।

प्रकाशित मिति: : 2021-02-09 16:35:00

प्रतिकृया दिनुहोस्