काठमाडौंमा घर बनाउने सोच्दै हुनुहुन्छ? यी हुन् पालना गर्नुपर्ने प्रमुख ५ नियम

सेतोपाटी

काठमाडाै‌ं

आफूसँग भएको जग्गामा कस्तो घर बन्ला? कति तले बनाउन सकिएला? भनेजस्तो बनाउन केही समस्या आइपर्छ कि? यस्ता प्रश्न घर निर्माण सोच बनाउँदा सुरूआतमै आइपर्छन्। 

नियम-कानुन र तरिका जानिएन भने समस्या थपिन सक्छ। त्यसैले देशका प्रमुख सहरमा घर बनाउन स्थानीय सरकारले तय गरेका नियम बुझ्नुपर्छ। घर बनाउँदा आफ्नो क्षेत्रको नियम के-कस्तो छ बुझ्न वडा कार्यालय उपयुक्त गन्तव्य हुनसक्छ।

हामीले यहाँ काठमाडौं महानगरपालिकाभित्र घर बनाउँदा पालना गर्नुपर्ने केही नियमबारे चर्चा गरेका छौं। महानगरपालिकाका इञ्जिनियर तथा भवन निर्माण इजाजत विभाग प्रमुख सुरज शाक्यले प्रमुख ५ नियमबारे जानकारी दिएका छन्। 

पहिलो, कति जग्गामा कति क्षेत्र ओगटेर घर बनाउन पाइन्छ? 

नियमअनुसार पुराना बजार क्षेत्र, हनुमानढोका, ठमेल, असन लगायत क्षेत्रमा ८ आनासम्म जग्गा छ भने ८० प्रतिशतसम्म पिलर वा घरको संरचनाले समेट्न पाइन्छ। 

पुराना बजार क्षेत्रभन्दा बाहिर ८ आनासम्म जग्गा छ भने ७० प्रतिशत घरले समेट्न पाइन्छ। तर जग्गा ८ आनादेखि एक रोपनी छ भने ६० प्रतिशतमा मात्रै पाइन्छ। त्यस्तै एक रोपनीभन्दा धेरै छ भने नियमअनुसार ५० प्रतिशत क्षेत्रमा मात्रै घर बनाउन पाइन्छ। यो काठमाडौं महानगरपालिकाको नियम हो।

'एक आना भन्नाले ३४२.२५ वर्गफिट हो। जग्गा चार आनाको छ भने भुइँ क्षेत्र ७० प्रतिशत मात्रै समेट्न पाइन्छ,' विभागीय प्रमुख शाक्य भन्छन्, '७० प्रतिशत भनेको चार आनामध्ये करिब तीन आना हो। पुरानो बजारभन्दा बाहिर घर बनाउँदा ७० प्रतिशतमा मात्रै बनाउन पाइन्छ।' 

प्रकाशित मिति: : 2021-02-09 07:48:00

प्रतिकृया दिनुहोस्