वडाबासीको लागि अध्यक्षले बनाए जिम सेन्टर

खजुरा गाउँपालिका वडा नम्बर– १ का अध्यक्ष सुमल मल्लले वडाबासीका लागि जिम सेन्टर निर्माण गरेका छन्। आफ्नो वडाका नागरिक स्वस्थ्य रहुन भन्ने उद्देश्यले उनले जिम सेन्टर निर्माण गरिदिएका हुन्।

उनी गाउँपालिकाले दिने आफ्नो पारिश्रमिक सामाजिक सेवामा खर्चिदै आएका छन्। आफ्नो लागि भनेर पाउने सेवा सुविधाबाट समाजिक काम र लक्षितवर्गमा खर्चिने गरेको उनले बताए। सोही कार्यक्रम अनुसार वडामा जिम सेन्टर निर्माण गरिएको हो।

अध्यक्ष मल्लको आर्थिक सहयोगमा जय किसान स्पोर्ट्स क्लबको भवनमा जिम सेन्टर निर्माण भएको हो। उक्त भवन निर्माणको लागि तत्कालीन मध्यपश्चिम खेलकुद विकास समितिबाट २ पटक गरी ५ लाख सहयोग प्राप्त भएको हो। त्यसको लागि अप्रयाप्त रकम वडा अध्यक्ष मल्लले सहयोग गरेका हुन्।

सचिव चिरञ्जीवी पाण्डेका अनुसार अध्यक्ष मल्लले आफूले पाउने सुविधाबाट क्लबलाई सहयोग गरेका हुन्। मैटहवा माबिसँगै रहेको जिम सेन्टरमा पुगेर सोमबार खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति लगायतले अनुगमन समेत गरेका थिए। जिम सेन्टरमा जिमका लागि आवश्यक सामाग्रीसमेत ल्याइसकिएको छ।

प्रकाशित मिति: : 2021-02-08 18:27:00

प्रतिकृया दिनुहोस्