प्रहरी हिरासतबाट भागेका ३ थुनुवा पक्राउ

प्रहरी हिरासतबाट फरार भएका ३ थुनुवा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासतकक्षबाट फरार भएका ३ थुनुवालाई चन्दननाथ नगरपालीका ९ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

जुम्ला प्रहरी प्रमुख डिएसपी माधव काफ्लेका अनुसार सवारी ज्यान मुद्दामा अनुसन्धानकालागी थुनामा राखिएका  नितेश शाही, यज्ञ सार्की र खगेन्द्र सुनार प्रहरी हिरासतबाट फरार भएका थिए।

थुनुवा भागेको बारेमा अनुसन्धान भईरहेको डीएसपी काफ्लेले बिएल नेपाली सेवालाई जानकारी दिए। 

प्रकाशित मिति: : 2021-02-07 21:44:00

प्रतिकृया दिनुहोस्