संकटमा लाेकतन्त्र : जनता जे चाहन्छन्, शासकले त्यसकाे उल्टाे गरिदिन्छ

शिलापत्र

काठमाडौँ

नवराज कुँवर

अक्सर नेताहरू भाषणमा छुटाउँदैनन्, ‘लोकतन्त्र संकटमा छ ।’ 

कहिले शेरबहादुर देउवा त कहिले बाबुराम भट्टराईले यस्तो भनिरहेको सुन्न पाइन्छ । नेपालमा अरु पनि थुप्रै नेता छन्, जो लोकतन्त्रप्रति बारम्बार चिन्ता जाहेर गरिरहन्छन् । हिजाेआज त नागरिक समाज, प्रेस र न्यायिक जगत नै लाेकतन्त्रप्रति सुर्ताएका छन् । लाेकतन्त्रकै लागि सडकमा मानिसहरू स्वतःस्फुर्त निस्किन थालेका छन् ।  

त्यसो त, यसरी लोकतन्त्रका खातिर गुहार माग्ने नेता नेपाली मात्र होइन, अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामादेखि बेलायती पूर्वप्रधानमन्त्री टेरिजा मे, जर्मन चान्सलर एंगेला मर्केलसम्म छन् । 

पूरै संसारका नेता चिच्याइरहेका छन्, ‘लोकतन्त्र संकटमा छ, बचाऔँ ।’ के वास्तवमै लोकतन्त्र संकटमा छ त ? छ भने कोबाट लोकतन्त्रलाई खतरा छ ?

हालै मात्र म्यानमारमा सैन्य कु भयाे । प्रजातन्त्रवादी नेताहरूलाई धमाधम गिरफ्तार गरिएकाे छ । त्यहाँ लाेकतन्त्र संकटमै छ ।  

सिरियामा बशर अल असदको सरकारले आफ्नै नागरिकमाथि गोली बर्साइरहेकाे छ । त्यहाँ पनि लोकतन्त्र संकटमा छ । चीन सरकारले हङकङजस्तो स्वायत्त क्षेत्रमा हस्तक्षेप गरिरहेकाले लोकतन्त्रमाथि खतरा छ । इरान, इराक र रुसमा धाँधलीरहित चुनाव हुँदैन, त्यसले शासन व्यवस्थामा नोक्सान नै गर्छ । बलियाे प्रजातान्त्रिक मुलुक मानिएकाे भारतमा महिनाैं दिनदेखि किसानहरू अधिकारका लागि आन्दाेलित छन् । 

प्रकाशित मिति: : 2021-02-07 21:05:00

प्रतिकृया दिनुहोस्