बाह्रखरी
अर्थ मन्त्रालयको पूर्वसहमतिविपरीत लाभांश बाँडेको भन्दै मन्त्रालयले लाभांश घटाउने भनेपछि नेपाल बैंक सञ्चालक समिति अध्यक्ष वासुदेव अधिकारीले राजीनामा दिएका छन् । बैंकले १६ प्रतिशत लाभांश (१२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद) नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिएर साधारणसभाबाट समेत पारित गरिसकेको छ ।
बैंकले गत गत आर्थिक वर्षको मुनाफाबाट ४ प्रतिशत नगद लाभांश र एफपीओ बिक्रीबाट आएको सेयर प्रिमियमबाट १२ प्रतिशत बोनस सेयरसहित कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ । तर, अर्थ मन्त्रालयले भने आफ्नो पूर्वस्वीकृतबिना बढी लाभांश पारित गरेको भन्दै त्यसलाई संशोधन गर्न निर्देशन दिएको हो ।
अर्थबाट लाभांश घटाउने निर्देशन आएपछि साधारणसभाले पारित गरेको लाभांश घटाउन नसक्ने भन्दै बैंक अध्यक्षबाट अधिकारीले राजीनामा बुझाएका छन् । यद्यपि उनको राजीनामा भने स्वीकृत भएको छैन । बैंक सञ्चालक समिति अध्यक्ष अधिकारी भने मन्त्रालयले लाभांश घटाउने भनेर दिएको निर्देशन आफूले कार्यान्वयन गर्न सक्दिनँ भनेर जानकारी गराएको बताउँछन् । “मैले राजीनामा नै दिएको होइन, राष्ट्र बैंकको स्वीकृति लिएर साधारणसभाले पारित गरिसकेको अवस्थामा अर्थको निर्देशन कार्यान्वयन गर्न अर्थात् लाभांश घटाउन सक्दिनँ, यदि कार्यान्वयन गर्नुपर्ने भएर अर्को अध्यक्ष ल्याउनुस् भनेको हो,” उनले बाह्रखरीसँग भने, “हामीले १६ प्रतिशत लाभांश प्रस्ताव गरेर सरकारसँग पनि स्वीकृत लिन भनेर पत्र लेख्यौं, नियामकबाट पनि पारित भएर साधारणसभाबाट पनि पारित भएपछि अन्तिम समयमा आएर उहाँहरूले १६ प्रतिशत होइन करिब १० को हाराहारीमा मात्रै लाभांश बाँड्न स्वीकृत गर्नुभयो, तर उहाँहरुको निर्देशन कार्यान्वयन गर्न सकिँदैन भनेर सूचित गरेको हो ।”
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया