वसन्त लोहनीको पहिलो नेपाली ई–कविता सार्वजनिक 

बिएल संवाददाता

काठमाडाै‌ं

वसन्त लोहनी, नेपाली साहित्यिक क्षितिजमा चिनाइ रहनुपर्ने नाम होइन। उनी कहिले उद्योगपति बने। विश्वविधालयको शिक्षक। सम्पादक र अर्थ–राजनीतिक विश्लेषक पनि बने।

लेखनी उनीमा पछि जोडिएको विषय होइन। स्कुल पढ्दै गर्दा मनको वहलाई कवितामा ढाल्न उनी पारङ्गत भइसकेका थिए। उनको लेखन यात्रा सन् १९७२ बाटै सुरु भइसकेको थियो। अझ नेपालको पुरानो अंग्रेजी अखबार ‘दि कमनर’ र ‘मदरल्याण्ड’ बाट पत्रकारिता सुरु गरेपछि अक्षरसँगको उनको सामिप्यता चुलिएर गयो।

कवितासँग उनको लगाव सानैदेखि थियो। त्यसैले त विश्लेषक विनोद सिजापतीले स्कुलमा अध्ययनरत रहँदा वसन्तको आनीबानीलाई लिएर एउटा सटिक टिप्पणी गरेका छन्, ‘बसमा होस् कि चौरमा। वसन्तको विलक्षण गुण थियो। कागज कलम नभएपनि त्यहाँको अवस्थालाई कविताको विषय बनाएर वाचन गर्नसक्ने खुबी वसन्तमा थियो।’

वसन्तले त्रिभुवन विश्वविधालयमा अध्यायपन गराउने क्रममा थुप्रै लेक्चर दिए। पत्रकार बनेर धेरै लेख पत्रपत्रिकामा छपाए। तर, आफूले सानैदेखि लेखेको कवितालाई बजारमा उतार्न पाएका थिएनन्। 

उनको हालै प्रकासित ‘कसैको यहाँ मृत्यु भएको छ’ कविता संग्रह हराएका कविताको संगालो हो। यसमा उन्नचास कविता समेटिएको छ। एउटा फराकिलो क्यानभासको रुपमा प्रस्तुत भएको यस संग्रहमा जीवन, प्रेम, समाज, आगो, बाल सुलभ्ता, निश्चलता सबै अटाएको छ। वसन्तको नेपालीमा यो पहिलो ई–कविता हो। यसलाई पढ्न सय रुपैयाँ खर्च गरेको खण्डमा डाउनलोड गर्न सकिने छ। उनको अंग्रेजी ई–कविता ‘भोयड’ यसअघि नै प्रकासनमा आइसकेको छ। 
 

प्रकाशित मिति: : 2021-02-07 15:39:00

प्रतिकृया दिनुहोस्

    Very nice, love it

    • 3 बर्ष अगाडि
    • Thanu