रातोपाटी
गर्न सके के हुँदैन र ? आफ्नै माटोमा सुन फल्छ । काम गर्न आँट चाहिन्छ र सफल बन्नका लागि धैर्य । यसको एक ज्वलन्त उदाहरण हुन्– देवी दाहाल । प्रदेश १ को शिवसताक्षी नगरपालिका, झापाकी उनी एक सफल महिला उद्यमी हुन् । उनी एक सफल मौरीपालक कृषकसमेत हुन् ।
२०६०/६१ सालदेखि व्यावसायिक रुपमै मौरीपालन व्यवसायमा लागेकी दाहालले सुरुवाती दिनमा जम्मा १२ सय रुपैयाँ लगानी गरेकी थिइन् । दुई गोला (घार) मौरी पालनबाट व्यावसायिक यात्रा थालनी गरेकी दाहालसँग आज ९ सय गोला मौरी छन् भने वार्षिक ३५ लाख रुपैयाँको हाराहारीमा आम्दानी गर्छिन् ।
दैनिक गुजारा चलाउनसमेत निकै कठिनाई पर्ने परिस्थितिमा मौरीपालनले आफ्नो जीवनशैलीमै परिवर्तन ल्याएको दाहालको भनाइ छ । गरिबी र बेरसको आफ्नो जीवनलाई मौरीले नै महजस्तै रसिलो मिठास बनाइदिएको उनी बताउँछिन् ।
मौरी नै मेरो जीवनको अभिन्न अङ्ग हो । अहिले म जुन स्थानमा छु, त्यो सबै मौरीकै देन हो,’ उनले भनिन्, ‘दुःख र गरिबीमा डुबेको मेरो जीवन आज मौरीले नै पार लगाइदिएको छ ।’
आफ्नो दैनिक गुजाराका लागि अरुको घरमा जुठा भाँडा माझ्नुपर्ने, मेलापात गर्नुपर्ने अवस्थाबाट गुज्रिएकी उनी मौरीपालन व्यवसायबाटै अहिले घर–घडेरी जोड्न सफल भएको र छोराछोरीलाई उच्च शिक्षा दिन सकेको बताउँछिन् ।
त्यसो त सुरुवाती दिनमा दुःखमा डुबेको आफ्नो जीवन पार लगाउनका लागि उनमा विदेशिने सोच नआएको होइन । पैसाकै लागि विदेश जाने र केही पैसा कमाएर राम्रोसँग घर–व्यवहार, परिवार चलाउने उनको सोच थियो । तर, जब उनी मौरीपालनतर्फ आकर्षित भइन्, त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेन ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया