पर्यटन उकास्न व्यवसायी प्रदेश दौडाहामा

विजय साह

जनकपुर

पर्यटन व्यवसायलाई उकास्नका लागि ‘आन्तरिक पर्यटन पुनरुत्थान समिति प्रदेश २’ प्रदेश दौडाहामा लागेका छन्।  आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सक्ने सम्भावित ठाउँको पहिचान गर्न समिति दौडाहामा लागेका हुन्।

होटल, पर्यटन व्यवसायी, चुरे संरक्षण, पर्यटन बोर्डका प्रतिनिधि र सञ्चारकर्मी सम्लित टोलीले शुक्रबार सप्तरी, सिरहा र धनुषा जिल्लाको पर्यटकीय सम्भावना बोकेका स्थलहरुको भ्रमण गरेको छ।

माघ २३ गते सप्तरीबाट थालिएको भ्रमण २६ गते पर्सा जिल्लामा गएर समाप्त हुने टोली संयोजक बिष्णु साहले जनाए।

कोभिडको कारण होटल र पर्यटन व्यवसाय धरायसी भएको छ। त्यसलाई पुनरुत्थान गर्न नेपाल पर्यटन बोर्डले बनाएको अवराधरणअनुसार प्रत्येक प्रदेशहरुमा कमिटी गठन गरिएको छ। त्यसैअनुरुप प्रदेशको आठ वटै जिल्लामा रहेको प्रमुख पर्यटकीय गन्तव्यको पहिचान गरि त्यसको प्रचारप्रसार सामग्री तयार गरेर अरु प्रदेश तथा विदेशमा प्रचार गर्ने भ्रमणको उद्देश्य रहेको संयोजक साहले बताए। 

‘आन्तरिक पर्यटन पुनरुत्थान समिति प्रदेश २’ ले सप्तरीको महुलमा एक औपचारिक कार्यक्रमको आयोजना गरि यसको सुरुवात गरेको छ।

कार्यक्रममा प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साहले पर्यटन प्रबद्र्धनको क्षेत्रमा प्रदेश सरकार सम्भव भएसम्मको सहयोग गर्ने बाचा गरे। उनले भने, ‘राजस्व छुट गर्नुपर्छ’, ‘राजस्व छुट हुन्छ’, ‘जग्गा उपलब्ध गराउनुपछ’र्। ‘जग्गा उपलब्ध गराउँछौ’, ‘बैंकबाट सहुलिय ऋणको व्यवस्था गर्नुपर्छ’, ‘त्यो पनि गराउँछौं।’

प्रकाशित मिति: : 2021-02-06 07:52:00

प्रतिकृया दिनुहोस्