उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपाको वैधानिकता केपी शर्मा ओलीले नेतृत्व गरेको आफ्नो समूहले पाउने दाबी गरेका छन्।
काठमाडौँको दरबारमार्गमा नेकपा (ओली) समूहद्वारा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले भने, 'सूर्य चिन्ह केपी शर्मा ओली नेतृत्वको नेकपाको हो। आगामी चुनावमा सूर्य चिन्ह लिएर जनादेशमा जान्छौं।'
प्रचण्डले ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन खोजेको आरोप लगाउँदै नेता पोखरेलले भने, 'देशका केही राजनीतक तत्वहरुले मुलुकलाई अस्थिरतातर्फ लैजान खोजे । त्यस्ता तत्वहरु विस्थापित नहुनेबेलासम्म आन्दोलनमा लागिरहने छौँ।'