मांसाहारी आन्दोलन गर्नेहरुलाई चिडियाखानामा लैजानुपर्छ : गृहमन्त्री (भिडियो)

गृहमन्त्री रामबहादुर थापा ‘ बादल’ ले मांसाहारी आन्दोलन गर्नेहरुलाई चिडियाखानामा लैजानुपर्ने बताएका छन्।

सत्तारुढ नेकपा (ओली) समूहको काठमाडौंको दरबारमार्गमा आयोजित आमसभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले देशमा तेस्रो जनआन्दोलनको सुरुवात हुन् थालेको बताए।

'आज सिंगो देश समाजवादको पक्षमा आन्दोलित भाको छ, गृहमन्त्री थापाले भने, ‘यसले तेस्रो जनआन्दोलनको सिर्जना गरेको प्रष्ट भएको छ । देशमा अहिले असाधारण आन्दोलनको थालनी हुनुको पछाडि धेरै राजनीतिज्ञहरुले भूमिका खेलेका छन्।’

प्रचण्ड-माधव पक्षले अहिलेको दुईतिहाई सरकारलाई विस्थापित गर्न खोजेको आरोप लगाए । उनले भने,  ’अहिलेको नेतृत्व दुईतिहाई सरकारलाई विस्थापित गर्ने कुरा अहिलेको राजनीतिक अस्थिरता जोडिएको छ। जनतालाई फेरि आन्दोलनमा लगेर मात्र हाम्रो नेतृत्वको रक्षा गर्न सकिन्छ, सोहीअनुरूप हामीले नयाँ आन्दोलन सुरु गरेका छौं।’

प्रकाशित मिति: : 2021-02-05 14:03:00

प्रतिकृया दिनुहोस्