बिएल संवाददाता
जिल्ला कारागार डोटीमा रहेका ८० जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ।
जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोभिड सम्पर्क व्यक्ति सूर्य विष्टका अनुसार कारागारमा बन्दी जीवनयापन गरिरहेका ५० जना कैदी बन्दी तथा उनीहरुको सुरक्षाका लागि खटिएका ३० जना सुरक्षामकर्मीलाई उक्त खोप लगाइएको हो।
कारागारमा सुरक्षाकर्मी र कैदी बन्दी गरी टोटल ८४ जना राखिएको भए पनि चार जना कैदीबन्दीले उक्त खोप लगाउन नमानेको कोभिड सम्पर्क व्यक्ति विष्टले बताए। उनले भने, 'कारागारमा रहेका कैदीबन्दीलाई कोरोना विरुद्धको खोप लगाउन शुरु गरेका थियौँ तर चार जना बन्दीले लगाउन मान्नु भएन हामी अरुलाई लगाएर फर्कियौँ, उनीहरुलाई पनि लगाउन आग्रह गरिरहेका छौँ।'
पहिलो चरणमा कोरोना नियन्त्रणका लागि डोटीका फ्रन्ट लाइनमा काम गर्ने एक हजार ५२६ जना स्वास्थ्यकर्मी, कर्मचारीलाई उक्त खोप लगाउने योजनाअनुसार कैदी बन्दीसहित सुरक्षाकर्मीलाई पनि खोप लगाउन शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
अहिले यहाँका नौवटै स्थानीय तहका स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीलाई पनि पालैपालो खोप लगाउने काम शुरु भएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिए। कम्तीमा पनि ६ दिन भित्रमा पहिलो चरणको खोप लागाइ सकिने योजना भए पनि उक्त म्याद दुई दिनका लागि थप गरिएको छ। रासस
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया