सर्वसाधारणको नैसर्गिक अधिकार कुन्ठित हुने गरी कुनै पनि प्रकारको बन्द हड़ताल जुलुस सभा नगरौँ : गोल्छा

नेपालका उद्यमी–व्यवसायीहरुको छाता संगठन उद्योग–वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेकपा (प्रचण्ड) समूहले गरेको बन्द र आमहड्तालको विरोध गरेका छन्।

गोल्छा समूहका अध्यक्ष एवम् प्रवन्ध निर्देशकसमेत रहेका व्यवसायीका नेताले गोल्छाले सर्वसाधारणको काम गर्न पाउने नैसर्गिक अधिकार कुण्ठित हुने गरी कुनै पनि प्रकारको बन्द, हड्ताल जुलुश सभा नगर्न आग्रह गरेका छन्। 

नेपालका तीन जना पूर्व प्रधानमन्त्रीहरु प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालसहितले नेतृत्व गरेको राजनीतिक समूहले आमहड्ताल अह्वान गरेको दिन बिहानै गोल्छाले ट्वीट गरे, ‘सर्वसाधारणको काम गर्न पाउने नैसर्गिक अधिकार कुन्ठित हुने गरी कुनै पनि प्रकारको बन्द हड़ताल जुलुस सभा नगर्न दलहरूलाई आग्रह गर्दछु। साथै नया संविधान जारी भएपछि सबै दलहरूले बन्द–हड़ताल नगर्ने भनी गरेको प्रतिबद्धता पनि स्मरण गराउन चाहन्छु।’

प्रकाशित मिति: : 2021-02-04 11:11:00

प्रतिकृया दिनुहोस्