किताब पसल जहाँ शान्त वातावरणमा पढ्न पाइन्छ, भोक लागे खाजा पनि

सेतोपाटी

ललितपुर

सबिना श्रेष्ठ

सन् २००९ मा ललितपुरको झम्सिखेलमा 'विज्डम बुक्स एन्ड अरोमा सप' खोल्दा विपीनकुमार औदिच्यसँग पैसा थिएन। थियो त केवल १४ वर्ष किताब पसलमा काम गरेको अनुभव। अनि ती अनुभवले जोडिदिएका मान्छेहरू।

उनले चिन्जानका एजुकेसनल बुक हाउस, रत्न किताब पसल, बज्र, प्याराडाइज, मण्डला बुक्स लगायत पसल चहारे। त्यहाँका संस्थापक भेटे र प्रस्ताव राखे– मलाई किताब दिनुहोस्, बेचेपछि पैसा तिर्नेछु।

आफूले चिनेका मान्छे चाहिने त्यस्तै बेला हो। पहिले कामबाट विश्वास पनि बटुलेका थिए। सबैले दिएका किताब ल्याएर उनले १२ वर्षअघि पसल खोले। त्यो बेलाको हिम्मत सम्झिँदै भन्छन्, 'व्यवसाय डुब्ला भन्ने डर त थियो। तर भाग्य मेरो बलियो रहेछ।'

सबैले ठमेल र जमललाई केन्द्रमा राखेर किताब व्यवसाय गरिरहेको त्यो समयमा उनले झम्सिखेल रोजे। कुपन्डोल बस्ने उनले पर्यटकीय केन्द्र बनिरहेको झम्सिखेलको बजार अध्ययन गरिरहेका थिए।

प्रकाशित मिति: : 2021-02-04 09:18:00

प्रतिकृया दिनुहोस्