ग्लोबल आइएमई बैंक शाखाको उद्घाटन

विजय साह

जनकपुर 

धनुषाको ढल्केवरमा ग्लोबल आइएमई बैंक लिमिटेडको २६८ औं शाखाको औपचारिक रुपमा उद्घाटन भएको छ।

ढल्केवर शाखाको ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाल र धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले संयुक्त रुपमा उद्घाटन  गरेका हुन्।

सोहि शाखामा खोलिएको एटिएम सेवाको पनि अध्यक्ष ढकाल प्रजिअ बास्तोलाले रिवन काटेर उद्घाटन गरे।

उक्त शाखा उद्घाटन समारोहमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैका लागि बैंक भन्ने मुल नारालाई चरितार्थ गर्दे देशका १४ वटै अञ्चलबाट सेवा प्रदान गर्न सफल भएको जानकारी दिँदै बैंकिङ्ग सेवाको पहुँचभन्दा टाढा रहेका अन्य क्षेत्रमा पनि सम्भव भए शाखाको माध्यमबाट र शाखा विस्तार गर्न सम्भव नभएका स्थानमा शाखारहित बैंकिङ्ग सेवाको माध्यमबाट बैंकिङ्ग सेवा बिस्तार गर्दे जाने बताए।

अध्यक्ष ढकालले बैंकले प्रदान गरिरहेका साना व्यवसायी कर्जा, कृषि कर्जा, रेमिट्यान्स सुविधा, होम लोन लगायतका सेवाको माध्यमबाट ढल्केवर  क्षेत्रको आर्थिक सम्बृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

उक्त कार्यक्रममा उद्योग वाणिज्य मिथिला उघोग बाणिज्य संघ ढल्केवरका अध्यक्ष तेजनारायण साह, मिनपा वडा नं. ६ का वडा अध्यक्ष भक्त बहादुर बलम्पाकी, विभिन्न राजनितिक दलका स्थानीय प्रतिनिधि, स्थानीय व्यापारी,  समाजसेवि लगायतको उल्लेख्य सहभागिता रहेको थियो।

प्रकाशित मिति: : 2021-02-03 21:22:00

प्रतिकृया दिनुहोस्