रातोपाटी
काठमाडौं । निर्वाचन आयोग बल्ल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकताबारेको विवाद निरुपण प्रक्रियामा प्रवेश गरेको छ । यसअघि आधिकारिकताका लागि कुनै पनि पक्ष प्रक्रियासम्मत ढंगले नगएकाले कसलाई आधिकारिकता प्रदान गर्ने भन्नेमा आयोग अलमलमा परेको थियो । गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा राजनीतिक रुपमा विभाजन भएको थियो । नेकपा राजनीतिक रुपमा विभाजन भएसँगै एउटा पक्षको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहेका छन् भने अर्को पक्षलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले संयुक्तरुपमा नेतृत्व गरेका छन् ।
दुवै पक्षले आफ्नो नेतृत्वको नेकपा नै वैधानिक रहेको दावी गर्दै आएका थिए । दुवै पक्षले आफुलाई आधिकारिक दावी गरे पनि उनीहरुले राजनीतिक दल सम्बन्धी ऐनमा उल्लेखित आधिकारिकता विवादसम्बन्धी व्यवस्थामा टेकेर आयोगमा निवेदन भने दिएका थिएनन् । दुवै पक्षले केवल आफ्नो नेतृत्वको पार्टी कमिटीले गरेको निर्णयबारे आयोगलाई जानकारी गराएका थिए ।
मंगलबार प्रचण्ड–माधव पक्षले आयोगको केन्द्रीय कार्यालय पुगेर आवश्यक प्रमाण र निर्णयसहित आधिकारिकताको दावी पेश गरेको छ । यसबाट आयोगलाई ऐन अनुसार नेकपा आधिकारिकता विवादको टुंगोमा पुग्न प्रक्रिया अघि बढाउन सहज भएको जनाइएको छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया