बिएल संवाददाता
अभिनेत्री स्वेता खड्का फिल्मसँगै सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन्। उनी यतिबेला सिन्धुपालचोकस्थित माझी समुदायका लागि बस्ती निर्माण गर्ने अभियानमा सक्रिय छिन्।
उनले बस्ती निर्माणको लागि आर्थिक सहयोगको अपिल पनि गरेकी छिन्। उनलाई धेरै व्यक्तिले सहयोग गर्र्ने बाचा पनि गरेका छन्। ती मध्ये केही व्यक्तिले सहयोग गर्छौ भनेर पनि सहयोग उपलब्ध नगराएको भन्दै स्वेताले सामाजिक सञ्जालमा लामो स्टाट्स लेखेकी छिन्।
स्वेताले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्–‘अन्य फाउण्डेसनको जस्तै हाम्रो पनि पिडा उही हो। निर्माणाधिन माझी बस्तीले ऋण बोकेको छ।’
स्वेता फेसबुकमा लेख्छिन्–‘स्थानीय सरकार, सरोकारवाला निकाय तथा विभिन्न दाताहरुलाई माझी बस्तीसँग जोडिदिने हाम्रो प्रयासमा धेरै मनकारी सहयोगी भेटिनु भयो। अनि आफ्नो क्षमता, दक्षता र गक्ष्यले भ्याएसम्म सहयोग गर्नुभयो। तर केहि यस्ता दाता पनि भेटिए जसले सहयोग रकम बोल्नुभयो तर उपलब्ध गराउनु भएन। हामीले कुनै जोरजबर्जस्ती नगरिकनै आफ्नै मनले, स्वतस्फुर्त रुपमा कबुल गर्नु भएको सहयोग प्रदान गर्नलाई आनाकानी गर्नेहरुको लिष्ट लामै छ।’
‘दान भनेको मनदेखि प्रस्फुटन हुने कुरा हो। हामीले सहयोगको अपिल मात्रै गरेका हौं, बलजफ्ती होईन,’ भन्दै उनले सामाजिक सञ्जालमा लेखिन्–‘आफ्नो प्रतिबद्दता र कटिबद्दतालाई भुलेर गरिबहरूको आशा र भरोसामाथी खेलवाड गर्नुभनेको पक्कै राम्रो होइन।’
‘पुरा गर्न नसक्ने वाचाको कुनै अर्थ छैन। अतः आफूलाई समाजसेवीको रुपमा चिनाउन कोही कसैको भरोसामाथी खेलवाड नगरौ।’
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया