भारतीय बजेट: नेपालका लागि करिब १० अर्ब अनुदान

बिएल संवाददाता

काठमाडाै‌ं

भारत सरकारले आर्थिक बर्ष २०२१/०२२ को बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री निर्मला सीतारमणले सोमबार सार्वजनिक गर्नुभएको बजेटमा नेपाललाई दिने वार्षिक अनुदानमा वृद्धि गरिएको छ ।

यो बर्ष भारतले नेपाललाई ९ अर्ब ९२ करोड भारु अनुदान दिने भएको हो । गत वर्ष ८ अर्ब ८० करोड भारुमा झारेको थियो । गत बर्षको तुलनामा नेपालले भारतबाट १ अर्ब १२ करोड भारु बढी पाउने भएको हो ।

भारतले विभिन्न मुलुकलाई दिने अनुदानमध्ये सबैभन्दा ठूलो रकम भुटानलाई ३० अर्ब ४ करोड विनियोजन गरेको छ । यो बजेट अप्रिल २०२१ बाट कार्यान्वयनमा आउने जनाइएको छ ।

प्रकाशित मिति: : 2021-02-02 10:12:00

प्रतिकृया दिनुहोस्