यी स्टार, जसलाई शिवले लोकदोहोरीको भिडियोमा अभिनय गराए

बाह्रखरी

काठमाडाै‌ं

काठमाडौं । लोकदोहोर गीतको भिडियोमा चलचित्रका नायक-नायिकालाई अभिनय गराउने निर्देशकमा शिव विकको नाम अगाडि आउँछ । लोकदोहोरीका भिडियोमा चलचित्रका कलाकारहरु अभिनय नगर्ने ‘परम्परा’ जस्तै रहेको समयमा निर्देशक विकले चलचित्रका स्टार नायकहरुलाई भिडियोमा अभिनय गराउन सुरु गरेका थिए । 

उनले भुवन केसी, शिव श्रेष्ठ, राजेश हमाल, धीरेन शाक्यलगायत नायकलाई लोकदोहोरीको भिडियोमा अभिनय गराएका छन् । “म केही नयाँ र भिन्न काम गरौं भन्ने सोच सुरुदेखि नै राख्थेँ । त्यसैले के नयाँ गरौंभन्दा चलचित्रका नायकहरुलाई लोकदोहोरीको भिडियोमा अभिनय गराउँछु भन्ने सोच आयो,” शिव विक भन्छन्, “यही सोचले मैले चलचित्रका पहिलो रोजाइ र व्यस्त नायकहरुलाई लोकदोहोरीको भिडियोमा अभिनय गराएको थिएँ ।” 

०५९ सालमा लोकदोहोरी गीतको भिडियोमा सुपरस्टार भुवन केसीलाई अभिनय गराउन सहज थिएन । अफर गर्नै पनि असहज लाग्ने अवस्था थियो । त्यसैले गायिका निशा सुनारमार्फत शिवले अफर गरे । निशाका कारण भुवनलाई भिडियोमा अभिनय गराउन सहज भएको शिव बताउँछन् । भुवनले ‘पानमा पराग छ...’ बोलको गीतमा अभिनय गरेका थिए ।

०६० सालमा धीरेन शाक्यले ‘सररर पानी घट्टमा...’ बोलको गीतमा अभिनय गरे । यो भिडियोको क्रेडिट लाइनमा निर्देशक रोशन श्रेष्ठको नाम देखिन्छ । तर, पृष्ठभूमिमा बसेर आफूले काम गरेको शिवको भनाइ छ । चलचित्रका अर्का सुपर स्टार थिए, नायक शिव श्रेष्ठ । भलै उनले चलचित्रमा अभिनय पालतो भइसकेको थियो । तर पनि विकले शिव श्रेष्ठलाई अफर गरे । कठिन भए पनि उनी सफल भए । श्रेष्ठले ‘के हुन्छ कुन्नी...’ बोलको गीतमा उनले अभिनय गरे । 

प्रकाशित मिति: : 2021-02-02 06:44:00

प्रतिकृया दिनुहोस्