जान्नुहोस्, अनुहारमा फ़ेसिअल मास्क प्रयोग गर्नुका फाइदाबारे !

बिएल संवाददाता

काठमाडाै‌ं
सांकेतिक तस्बिर

फ़ेसिअल मास्क एक प्रकारको छाला हेरचाह गर्ने उत्पादन हो जुन बिशेष गरेर महिलाहरुले आफ्नो अनुहार चम्किलो र सुन्दर बनाउन प्रयोग गर्ने गर्छन।

यसले केहि मिनेटमा नै स्वस्थ र कोमल छाला प्राप्त गर्नको लागी मदत गर्दछ। यो महिलाहरु मात्र नभएर पुरुषहरुले पनि प्रयोग गर्ने गर्छन।

यो फ़ेसिअल मास्क विभिन्न छाला र उमेर अनुसार प्रयोग गर्ने गरिन्छ। सामान्यतया फ़ेसिअल मास्कको प्रयोग गर्ने तरिका एकदमै सरल र सजिलो छ र यसका फाइदाहरु असिम छन्।

यसलाई अनुहारमा प्रयोग गर्दा मात्र केहि मिनट लाग्छ भने यसलाई १५ देखि २० मिनट सम्म राख्नु पर्दछ त्यसपछि यसलाई धुनुपर्छ।

फ़ेसिअल मास्क प्रयोग गर्नुका मुख्य केहि फाइदाहरु: 

•    छालाका छिद्रहरूलाई परिष्कृत गर्दछ 
•    हाइड्रेसन बढाउछ
•    अनुहारमा देखिने फाइन लाइनहरुलाई कम गर्छ
•    छालालाई सम्म र चम्किलो बनाउन मदत गर्छ
•    छालालाई टाइट र स्वच्छ बनाउछ
फ़ेसिअल मास्कको माथि उल्लेखित छालाका फाइदाहरू बाहेक पनि थुप्रै फाइदाहरु छन् । यसले अनुहारलाई निकै आराम दिन्छ।

यसले तनाव कम गर्न पनि मद्दत गर्दछ र राम्रो र सुन्दर बनाउँदछ। विभिन्न पार्लरमा त यो उपलब्ध हुन्छ नै, अझ केहि घरेलु फेस मास्कहरूका उपायहरु को पनि प्रयोग गर्न सकिन्छ। यसको प्रयोग गर्दा अनुहारमा निकै नै राम्रो महसुस हुन्छ। 

प्रकाशित मिति: : 2021-02-01 13:50:00

प्रतिकृया दिनुहोस्