आज माघ १९ : १६ वर्ष अघि ज्ञानेन्द्र शाहले यसरी गरेका थिए शाही ‘कू’

रातोपाटी

काठमाडाै‌ं

काठमाडौं । ‘आज देशले स्पष्ट अठोट गरेको छ । यस अनुकुल निर्णय पनि भएको छ । अशान्ति, असुरक्षा र द्वन्द्वग्रस्त अवस्थालाई बिसाएर देशले प्रजातन्त्र र प्रगतिको पक्षमा अग्रसर हुन पाइला सारेको छ’यसो भन्दै १६ वर्षअघि आजकै दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन व्यवस्था आफ्नो हातमा लिएका थिए । 

योे दिन अर्थात् माघ १९ लाई नेपालको राजनीतिक इतिहासमा शाही ‘कू’ अर्थात् कालो दिनको रुपमालिने गरिन्छ । 

२०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवा नतृत्वको सरकारलाई हटाउदै सम्पुर्ण अधिकार आफुमा राख्दै आफ्नै अध्यक्षतामा मन्त्रिपरिषद् गठनको घोषणा गरेका थिए । तर, ज्ञानेन्द्रको शासन सत्ता हत्याउने योजना भने लामो समय भने टिक्न सकेन । 

अन्ततः दलहरुको आन्दोलनपछि आफूले हत्याएको कार्यकारी अधिकार ज्ञानेन्द्र शाह फिर्ता गर्न बाध्य भए र पुनर्स्थापित संसदले २ सय ४० वर्षे इतिहास बोकेको राजतन्त्रलाई अन्त्यको गरेको थियो । त्यसपछि मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र बहाली भएपनि जनचाहाना अनुसार विकास र सम्मृद्धि अघि बढ्न सकेको छ्रैन ।

अहिले संसदबाट निर्वाचित प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेका छन् । त्यसैले शाही ‘कू’ को १६ वर्षपछि पनि आज सवैजसो राजनीतिक दल संविधान तथा लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि भन्दै सडकमै छन् ।

प्रकाशित मिति: : 2021-02-01 09:23:00

प्रतिकृया दिनुहोस्