राेल्पा पुगेर डा. बाबुराम भट्टाराईले भने- 'ओलीले चुनाव गराउँदैनन्'

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले केपी शर्मा ओली संघीयता, गणतन्त्र र संविधानको पक्षमा नरहेको बताएका छन्।

रोल्पाको लिबाङमा उद्योग वाणिज्य संघ, राेल्पाले आयोजना गरेको कार्यक्रममा बाेल्दै नेता भट्टराईले ओली गणतन्त्र विरोधी भएको समेत आरोप लगाएका छन्। उनले अहिलेको संविधान अपुरो रहेको समेत बताए।

गुप्तचर र सुरक्षा निकायका अंगहरु ओलीले आफ्नो हातमा राखेको भन्दै उनले आलोचना गरे। 'संवैधानिक आयोगहरुमा सबै अफ्नै गोजीको मान्छेलाई राखेका छन्, उनले भने, 'न्यायलयमा कार्यकारीको डरलाग्दो छायाँ परेको छ।'

प्रधानमन्त्री ओलीले चुनाव नगराउने दाबी गरेका छन्। उनलेे भने, 'चुनावको मिति तोके पनि ओलीले चुनाव गराउँदैनन्।' राजाले जस्तै ओलीले नेपालमा राजनीतिक 'कु' गरेर अहिलेको व्यवस्था फाल्न खोजेको भन्दै तेस्रो जनआन्दोलनको विकल्प नभएको पनि बताए। 

नेता भट्टराईले विश्व बदलिएको अवस्थामा माओवादी चरित्रबाट परिवर्तन नहुने बताउँदै, अबको केही समयपछि कम्यनिस्टहरु 'सोसोलिस्ट' पार्टीमा रुपान्तरण हुनुको विकल्प नभएको जनाए।

प्रकाशित मिति: : 2021-01-31 20:05:00

प्रतिकृया दिनुहोस्