बिएल संवाददाता
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को नेतृत्वमा चीन पुगेको विशेषज्ञ टोली आइतबार कोरोना भाइरसको उद्गम मानिएको उहान शहरमा छानवीन सुरु गरेको छ। डब्ल्यूएचओको विशेषज्ञ टोली सबैभन्दा पहिला कोरोना भेटिएको समुन्द्री खानाहरू पाउने सी मार्केटको छानवीनमा जुटेको छ।
डब्ल्यूएचओको टिम पुग्नुअघि बजार क्षेत्र पूर्णरुपमा सिल गरिएको थियो भने सुरक्षा व्यवस्था निकै कडा बनाइएको थियो। यो टोली दुई साताअघि उहान पुगेको थियो। उनीहरू १४ दिन क्वारेन्टाइनमा बसेपछि आजबाट छानवीनको काम सुरु भएको हो।
गत वर्ष कोरोना देखिएपछि बजारलाई सर्वसाधारणका लागि बन्द गरिएको थियो। बन्द हुनुअघि यो ठाउँमा निकै भिड हुने गर्दथ्यो। यहाँ सी फुड र तरकारीका लागि सयौं स्टल बनाइएको छ।
चीनले धेरै अघिदेखि कोरोना यो बजारबाट उत्पत्ति नभएको बताउँदै आइरहेको छ। ३१ डिसेम्बर २०१९ मा यही ठाउँमा ४ जनामा रहस्यमय निमोनिया देखिएको थियो। जनवरीको अन्त्यतिर उहानमा लकडाउन सुरु भएको हो भने ७६ दिन शहर बन्द गरिएको थियो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया