काठमाडौँस्थित नयाँ बसपार्कमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ।
मृत्यु हुनेमा लमजुङ दोदी गाउँपालिका ७ घर भई हाल काठमाडौं महानगरपालिका २६ नयाँ बसपार्क डेरा गरी बस्ने ५६ वर्षीया सुनमाया गुरुङ रहेकी छन्।
बसपार्कस्थित बिजी मल अगाडि बा ८७ प ७०९२ नम्बरको मोटरसाइकलले शनिबार साँझ ठक्कर सुनमायाको मृत्यु भएको हो।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्कर दिने मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।