बिएल संवाददाता
भारतमा फिल्म सुटिङ भइरहेका बेला अपरिचित समूहले आक्रमण गर्दा अभिनेत्री गम्भीर घाइते भएकी छन्।
उत्तर प्रदेशको जौनपुरमा भोजपुरी फिल्म ‘मेरा भारत महान’ को सुटिङका क्रममा ढुंगा प्रहार भएपछि अभिनेत्री मणि भट्टाचार्य घाइते भएकी हुन्। उनको टाउकोमा गम्भीर चोट लागेको अस्पताल स्रोतले बताएको छ।
अपरिचित समूहको आक्रमणपछि अभिनेत्री भट्टाचार्यलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो। मुख्य जक्सन रहेको भण्डारी रेल्वे स्टेशनमा गत सातादेखि फिल्मको सुटिङ भइरहेको निर्देशकले बताए।
सुटिङ स्थलमा फिल्म निर्माणको दृश्य हेर्न थुप्रै मानिसको भिड हुने गरेको जौनपुर प्रहरीले जनायो। फिल्म निर्माण टोलीका एक सदस्यले बताएअनुसार भिडमा जम्मा भएको एक समूहले अभिनेत्रीमाथि ढुंगा प्रहार गरेका हुन्।
अभिनेत्री भट्टाचार्य अहिले आराम गरिरहेकी छन्। मिडियासँगको कुराकानीमा उनले भनिन्, 'दर्शक भगवानको रुप हुन्। जसका लागि मैले फिल्म बनाइरहेकी छु। अराजक समूहले यस्तो कार्य गर्नु राम्रो होइन। म छिट्टै काममा फर्किने छु।'
भट्टाचार्य बंगाली कलाकार हुन्। उनीले तीन वर्षदेखि कयौं भोजपुरी फिल्ममा काम गरिसकेकी छन्।
युपीमा फिल्म सिटी बनाउने चर्चासँगै यो घटनाले कलाकारको सुरक्षामा चिन्ता थपेको फिल्म समीक्षकले बताए। उनीहरुले मुख्यमन्त्री योगी आदित्यनाथसँग सुरक्षाको माग गरेका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया