भारतले उपहार दिएको महात्मा गान्धीको मूर्ति अमेरिकामा तोडफोड

बिएल संवाददाता

न्यूयाेर्क
Photo - NewsTrend
Photo - NewsTrend

अमेरिकाको क्यालिफोर्निया राज्यको एक पार्कमा रहेको महात्मा गान्धीको मूर्ति तोडफोड भएकाे छ। 

उत्तरी क्यालिर्फोनियाको डेविस शहरको सेन्ट्रल पार्कमा अवस्थित ६ फीट लामो र २ सय ९४ किलो तौल रहेको मूर्ति तोडिएको हो। 

गान्धीको मूर्ति अज्ञात समूहले तोडेपछि अमेरिकामा बसाेबास गर्ने भारतीयहरुले तीब्र विरोध गरेका छन्। उनीहरुले प्रहरीलाई हेट क्राइम मुद्दामा थप अनुसन्धान गर्न माग गरेका छन्।

भारतीय स्वतन्त्र संग्रामका ‘आइकोनिक फिगर’ मानिने गान्धीको मूर्ति तोडफोडबारे भारतले पनि विरोध जनाएको छ। वासिङटनमा रहेको भारतीय दूतावासमार्फत् अमेरिकी परराष्ट्र मन्त्रालयमा यस बारेमा गहिरो अनुसन्धान गर्न माग गरेको छ।

स्थानीय प्रहरीका अनुसार तोडिएको मूर्ति पार्कमा काम गरिरहेका एक कर्माचारीले २७ जनवरीमा फेला पारेका थिए। गान्धीको उक्त मूर्ति पार्कबाट हटाएर सुरक्षित स्थानमा राखिएको छ। 

मूतिको तोडफोड किन र कस्ले गर्यो भन्नेबारे अहिलेसम्म जानकारी नभएको डेविस सहर प्रहरीले बताएको छ। गान्धीको यो मूर्ति भारत सरकारले डेविस सहरलाइ ४ वर्ष पहिले उपहार स्वरुप दिएकाे थियाे।

महात्मा र फुटबल

 

प्रकाशित मिति: : 2021-01-31 08:27:00

प्रतिकृया दिनुहोस्