ग्राउन्ड जिरो : साढे चार महिनाअघि जनकपुर आइपुगेका रेल अझै त्रिपालभित्र

रातोपाटी

जनकपुर 

किरण कुमार कर्ण

गत असोज २ गते जनकपुरमा नयाँ रेल आइपुगेको विषयले देशमा एकखालको चर्चा बटुल्यो । नेपाली मिडियामा रेलका तस्बिर छापिए, कयौं स्थानीयवासीले रेलका सामु सेल्फी लिए । साढे चार महिनाअघि जनकपुर हुँदै कुर्थासम्म पुगेको रेलको ‘ग्राउन्ड जिरो’ रिपोर्टका लागि रातोपाटीकर्मी सीमावर्ती क्षेत्र इनर्वासम्म पुग्दा ती दुवै रेललाई पहेँलो रङको त्रिपाल ओढाएर राखेको पाइयो । भारतको जयनगरबाट प्रदेश २ को अस्थायी राजधानी जनकपुर हुँदै कुर्थासम्म सञ्चालनका लागि ल्याइएका दुईवटा रेल साढे चार महिनादेखि त्रिपालभित्र सीमित भएका हुन् । ती रेलको घुम्टो कहिले खुल्ने हो र कहिलेदेखि नियमित सेवामा सञ्चालन हुने हो भन्नेबारे कसैले प्रस्ट जानकारी दिन सकेको छैन ।

बहुप्रतीक्षित रेल सञ्चालन सुरु गर्ने विभिन्न मिति अड्कलवाजी भइरहेको छ । तर रेल सञ्चालन हुनका लागि देखिनुपर्ने सकारात्मक संकेत अझै देखा परेको छैन ।

प्रकाशित मिति: : 2021-01-30 22:02:00

प्रतिकृया दिनुहोस्