बलिउड सुपरस्टार सलमान खान अहिले एउटै फिल्मको करोडौं रुपैयाँ पारिश्रमिक लिने गर्छन। तर, तपाईहरूलाई यो पढ्दा अचम्म लाग्नसक्छ, उनको पहिलो तलब ७५ रुपैयाँ थियो।
सलमानले आफ्नो अन्तर्वार्तामा भनेका छन्, ‘मेरो पहिलो तलब ७५ रुपैयाँ थियो। म ताज होटलमा कुनै सोमा पछाडि डान्स गर्न गएको थिए। मेरो साथी त्यहाँ डान्स गर्न गएका थिए। उनले नै मलाई लिएर गएका थिए। मैले आत्मसन्तुष्टीका लागि यो काम गरेको थिए।’
उनले यसपछि क्याम्पा कोलाको विज्ञापन गरेका थिए। यहाँ उनले ७ सय ५० पारिश्रमिक पाएका थिए। यसपछि लामो समय १५ सयमा काम गरे। सलमानले भने, ‘मैने प्यार किया फिल्म गर्दा ३१ हजार रुपैयाँमा सम्झौंता भएको थियो। पछि शुल्क ७५ हजार बढ्यो।’
सलमानको पहिलो फिल्म बिवी हो तो ऐसा सन् १९८९ मा रिलिज भएको थियो। २००९ मा रिलिज उनको वान्टेड फिल्मले पहिलो पल्ट सय करोड कमाएको थियो।