दिल्लीस्थित दूतावास लक्षित बम विष्फोटमा आतंकवादी हमला भएको इजरायल सरकारको दावी

भारतको राजधानी दिल्लीमा रहेको इजरायली दूतावास नजिकै शुक्रबार साँझ  विष्फोट भएको छ।

करिब पाँच बजे साँझ दुतावासको भवनभन्दा १ सय ५० मिटर टाढा ब्लास्ट भएको हो।

घटनामा कसैलाई मानवीय क्षति भएको छैन तर पार्किङमा रहेको पाँच वटा गाडीमा असर परेको छ। 

इजरायल सरकारले यो  विष्फोटलाई आतंकवादी हमला भनेको छ।

शुक्रबार मात्र भारत–इजरायल कुटनीतिको २९ वर्षमा प्रवेश गरेका थिए। यही दिन आफ्नो दुतावास अगाडि बिस्फोट हुनुलाई इजरायलले गम्भीर मानेको छ।

यसअघि २०१२ को फेब्रुअरीमा पनि इजरायली एउटा कारलाई लक्षित गरिएको थियो।

प्रहरी श्रोतका अनुसार दुतावास नजिकै सडकमा राखिएको डिभाइडरमा इम्प्रोवाइज्ड डिभाईस (आइईडी) फेला परेको छ।

प्रकाशित मिति: : 2021-01-30 08:24:00

प्रतिकृया दिनुहोस्