सुरूमै थाहा पाए निको हुनसक्छ क्यान्सर (भिडिओ)

सेतोपाटी

काठमाडौं

डा. रमिला शिल्पकार

अहिले नेपालमा क्यान्सर झन्-झन् नराम्रो रूपमा फैलिएको छ। धेरैभन्दा धेरै मानिसहरू क्यान्सरले ग्रसित भएका छन्। त्यसैले, क्यान्सर नियन्त्रण एकदमै जरूरी छ।

क्यान्सर निर्मूल पार्न जति डाक्टर स्वास्थ्यकर्मीहरूको भूमिका हुन्छ त्यति नै हरेक मानिसको भूमिका रहन्छ।

हरेक वर्ष फेब्रुअरी ४ मा विश्व क्यान्सर सचेतता दिवस मनाइन्छ। यसको मूल नारा ‘क्यान्सरको लागि हामी सबै सचेत हुनुपर्छ, सबैको सामूहिक प्रयासले क्यान्सर जित्न सकिन्छ’ भन्ने हो।

सुर्तीजन्य पदार्थ नखाने, व्यायाम गर्ने, विषादीयुक्त खाना नखाए क्यान्सरबाट बच्न सकिन्छ। कुनै लक्षण देखिएमा स्वास्थ्यकर्मीकहाँ जानुपर्छ, जसले गर्दा क्यान्सर निर्मूल पार्न सजिलो हुन्छ।

क्यान्सर लाग्दैमा निको नहुने होइन तर बेलैमा सचेत हुनुपर्छ।

क्यान्सर हुने सबैभन्दा ठूलो कारण मानिसको क्रियाकलाप नै है। चुरोट, खैनी, सुर्ती र गलत आहारा (जंक फुडलगायत)ले सबैभन्दा धेरै जोखिम निम्त्याउँछ। यस्ता खानाले जिनमा परिवर्तन आउँछ, जसले गर्दा शरीरका कोषहरूको अनियन्त्रित रूपमा वृद्धि हुन्छ अनि क्यान्सरको रूप लिन्छ। संक्रमणले गर्दा पनि क्यान्सर हुन्छ। ५ देखि १० प्रतिशत क्यान्सर वंशाणुगत हुन्छ।

क्यान्सर भएको पहिलो चरणमा पत्ता लगाउन सकिन्छ। विभिन्न परीक्षण गरेर पत्ता लगाउन सकिन्छ। यसको लागि शरीरमा कुनै परिवर्तन आउनसाथ स्वास्थ्यकर्मीकहाँ जानुपर्छ।

प्रकाशित मिति: : 2021-01-30 08:06:00

प्रतिकृया दिनुहोस्