किड्म्यानको दावी–आजसम्म सर्बश्रेष्ठ काम गर्न पाइनँ

विगत तीन दशकदेखि सिने प्रेमीहरुको ढुकढुकी बनेकी हलिउड नायिका निकोल किड्म्यानले आजसम्म आफूले सर्बश्रेष्ठ काम गर्न नपाएको बताएकी छिन्।

भेरायटी डटकमसँगको कुराकानीमा उनले आफू कुनै अप्रत्यासित परियोजनामा काम गर्न उत्सुक रहेको बताएकी छिन्। 

उनले भनेकी छिन्,‘कम बजेटको योजनाहरुमा काम गर्नुको आनन्द अर्कै हुन्छ’। २० जुन १९६७ को दिन होनोलुलु, हवाईमा जन्मेकी नायिका किड्म्यानले केथ उर्बान र टम क्रुजसँग विवाह गरे पनि दुबै असफल भएको थियो।

पाँच फुट ११ इन्च अग्ली र एक सय ८३ मिलियन डलर सम्पत्ति भएकी नायिका किड्म्यानले अभिनय गरेका केहि हिट सिनेमाहरुमा द अनडुइङ, डेड क्लेम, कोल्ड माउन्टेन, टु डाइ फर, द गोल्डन कम्पास, अष्ट्रेलिया, द रेल्वेम्यान आदी हुन्।

प्रकाशित मिति: : 2021-01-29 19:16:00

प्रतिकृया दिनुहोस्