फोर्ब्सले चिनेका नेपाली प्याड वुमन

शिलापत्र

काठमाडाैं

‘सर ! तपाईंहरू पनि कक्षामा बसिदिनुस् न है ?’, महिनावारीसम्बन्धी परामर्श दिन काठमाडौंको एक सरकारी विद्यालय पुगेकी शुभांगी राणाले पुरुष दीर्घामा रहेका शिक्षकहरूलाई अनुरोध गरिन् । 

‘धत्, यस्तो कक्षामा पनि हामी बस्छौँ त ?’, अनुरोधलाई लत्याएर मुसुमुसु हाँस्दै शिक्षकहरू कोठाबाट बाहिरिए । 

उनीहरू हाँस्दै निस्किएपछि शिक्षिकाहरू पनि लाजले एकै डल्लो परेजस्तै देखिए । डरले हो या संकोचले, छात्राहरूले पनि मुख रातोपिरो बनाए । अझ छात्रहरू त गलल हाँस्दै हुल बाँधेरै कक्षाबाहिर निस्किए । मानौँ, कक्षाकोठामा पुरुष निषेधित कुनै पाठ पढाइएको होस् ! 

तीन वर्षअघि महिनावारीबारे परामर्श दिन पहिलो पटक सरकारी विद्यालय पुगेका शुभांगी र जसलिना राणा पहिलो पटकको प्रशिक्षणमै अवाक् हुन पुगे । पाठशालामै यस्तो लाजमर्दो दृश्यका साक्षी बनेका शुभांगी र जसलिनाले त्यसै दिन प्रण गरे- महिनावारीबारे सबै सरकारी विद्यालयमा जनचेतना फैलाउने र स्यानिटरी प्याडलाई सरकारी विद्यालयदेखि हरेक ठाउँसम्म सर्वसुलभ बनाउने ।

प्रकाशित मिति: : 2021-01-28 19:28:00

प्रतिकृया दिनुहोस्