देशकै धनी संस्था नेपाल ट्रष्टको छवि सुधार्न संरचना परिर्वतनको बहस, अध्ययन कार्यदल गठन

नेपाल लाइभ

काठमाडाैं

काठमाडौं- नेपाल ट्रष्टको छवि सुधार गर्न संरचना परिर्वतन गर्ने विषयमा बहस सुरु भएको छ। वर्तमान संरचनाबाट ट्रष्टको उद्देश्यअनुसार काम गर्न अवलम्बन गर्नुपर्ने उपाय वा संरचना नै परिर्वतन गरेर अगाडि बढ्न सकिने विषयमा अध्ययन सुरु भएको हो।

संरचना परिर्वतनका लागि ट्रष्टले एउटा अध्ययन कार्यदल पनि बनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव खगराज बरालको संयोजकत्वमा कार्यदल गठन भएको ट्रष्ट कार्यालयका सह–सचिव डा. भीष्मकुमार भुसाल बताउँछन्।

कार्यदलमा अर्थ मन्त्रालयका एक सह-सचिव, सामान्य प्रशासन मन्त्रालयका एक सह-सचिव र कार्यालयका सह–सचिव रहेका छन्।

उनीहरूलाई ट्रष्टको सम्पत्ति खोजी तथा सदुपयोग गर्दै उद्देश्यअनुसार कसरी कुन संरचनामा अगाडि बढ्दा उचित हुन्छ भन्ने विषयमा राय सुझाव दिने अधिकार दिइएको छ।

सम्भवतः नेपालको सबैभन्दा धेरै सम्पत्ति भएको संस्थाप्रति रहेको नकारात्मक छवि सुधार गर्दै देशको विकासमा सहयोग गर्न संरचना नै परिर्वतन गरेर अगाडि बढ्दा के कस्तो उपाय अवलम्बन गर्न सकिन्छ भन्ने विषयमा बहस सुरु भएको भुसाल बताउँछन्।

प्रकाशित मिति: : 2021-01-28 19:25:00

प्रतिकृया दिनुहोस्