अधिकृत सहित ३ जनामाथि भ्रष्टाचार मुद्दा दायर

बिएल संवाददाता

काठमाडाै‌ं

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा नापी कार्यालय भैरहवामा तत्कालीन नापी अधिकृत घनश्याम दुवेसमेत तीन जना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार भैरहवाका तत्कालीन नापी अधिकृत दुवे र सर्भेक्षक रामराज यादवले पदको दुरुपयोग गरी बदनियतपूर्वक सरकारी, सार्वजनिक सम्पत्तिको हानीनोक्सानी पुर्याई व्यक्ति विशेषलाई गैरकानूनी लाभ हुने गरी जग्गाको मूल्य  नौ लाख ८३ हजार ७ सय  कायम गरेको पाइएको छ। जग्गाधनी मुना पासिनले नापी कार्यालयका कर्मचारीलाई अनुचित प्रभावमा पारी आफू गैरकानूनी लाभ हुने र नेपाल सरकारलाई हानी नोक्सानी पुर्याएको पाइएको छ।

आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार आयोगले उनीहरु विरुद्ध नौ लाख ८३ हजार ७०० बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ। 

प्रकाशित मिति: : 2021-01-28 17:47:00

प्रतिकृया दिनुहोस्